सुकुम्बासी बस्तीमा जाडोको कहर : पिडितहरू भन्छन अाेढने कम्बल समेत पाइएकाे छैन

  •  मिकाइल आलम

इनरुवा । केहि दिनयता चलेको चिसो हवासंगै बढेको अत्यधिक चिसोले सुनसरीको दलित समुदायको जनजीवन कष्टकर बनेको छ । आर्थिक अवस्था कमजोर भएका जिल्लाका गरिब तथा विपन्न समुदायको दैनिकी थप कष्टकर बनेको छ । जिल्लाको कोशी गाउँपालीका क्षेत्रमा न्यायो लुगाको अभावमा सुकुम्बासी र दलित समुदाय परालको घुर तापेर दिन बिताउने गरेको छ । कम्मल अभावमा कतिपयले राति परालकै ओछ्यान बनाएर सुत्न बाध्य भएको हरिपुरका स्थानीयहरुले बताएका छन् ।

कोशी गाउँपालीका वडा ७ क्षेत्रका सुकुम्बासी बस्तीमा जाडोबाट बच्न कम्मल समेत नहुदा जनजीवन निकै कष्टकर बनेको बिलोक्षण सदाले जानकारी गराए । सदाले दुई दिनयता चलेको चिसो हवाले बालबालिका र बृद्धअबश्थाका हरुलाई दिन कटाउन निकै मुस्किल भएको बताए । चिसो हवासंगै बढेको अत्यधिक जाडोले काम गर्न समेत जान नसकेको कोशी गाउँपालीका वडा ७ का अर्का शिव सदाले बताए ।

सदाले जाडो बाट बच्नका लागि तत्काल न्यानो कपडा सहयोग गरिदिन आग्रह समेत गरेका छन् । ज्यालादारी बाट गुजारा चलाउँदै आएको उनको परिवारलाई केहि दिनयता ह्वात्तै बढेको जाडोले सताएको छ । जाडो महिनामा मजदुरी गर्न पनि कसरी जानु शिवले भने । कम्मल समेत नहुदा यहाँका सुकुम्बासी बस्तीका अधिकांशले जाडो काट्न पराल र घुरको सहारा लिने गरेको वडा सदस्य पार्वती मुखियाले बताइन् । गर्मीमा खुला ठाउँमा सुतेर रात कटाए पनि जाडोमा रात कटाउन निकै मुस्किल भएको उनी बताउछिन् ।

सुकुम्बासीहरुको कमजोर आर्थिक अवस्थाकै कारण जाडोयाम कटाउन निकै अप्ठ्यारो हुने गरेको पार्वतीले बताइन् । चिसो विशेषगरी निमुखा,गरिब, सुकुम्बासी परिवारको लागि कालनै बनेर आउने गरेको पाँचौ मुसहरले भने । हामी जस्ता विपन्न मुसहर समुदायका लागि चिसो मौसम निकै कष्टकर हुने गरेको सदा बताउँछन् । ओढ्ने र न्यानो कपडा अभावमा ती बस्तीमा जाडो प्रकोप जस्तै भएको उनलेे सुनाए । कोशी गाउँपालिका क्षेत्रको अति विपन्न मुसहर बस्तीमा झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने गरेका छन् ।

पाँचौले गर्मिको तुलनामा चिसो मौसम ज्यादै कष्टकर हुने गरेको बताए झन्डै ५ सय परिवारको बसोबास रहेको सो सुकुम्बासी बस्तीका अधिकांश घरधुरीको यही पीडा छ । दैनिक मजदुरी गरेर जीविका चलाउने सुकुम्बासी परालको घुरको सहारामा दिन बिताउने गर्छन् । पुसको जाडो छल्न अधिकांश सुकुम्बासीको आङमा स्वेटर, ज्याकेट छैनन् । अधिकांशले पुराना थोत्रा र पातला कपडाको भरमा जीवन व्यतीत गरिरहेका छन् ।

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

भारत तर्फ लादै गर्दा ९ लाख बराबरको स्वाउ बरामद

बाल विवाह गर्ने भारतीय युवक भाण्टावारीबाट पक्राउ

डुम्रहा खुला दिशा मुक्त क्षेत्र घोषित

सशस्त्र प्रहरीद्वारा ८३ हजार बराबरको कपडा बरामद

कोशी ब्यारेजमा अनियंत्रित भइ ट्रक दुर्घटना

आङ्ग खस्ने समस्या भएका महिलाहरुलाई निशुल्क शल्यक्रिया

रोजाको वास्तविकता र सामाजिक सद्भाव

बुधबारदेखि अर्ना गणना हुँदै : आरक्षमा अर्ना संख्या बढ्ने अनुमान

सुनसरीकाे श्रीपुरमा भिषण अागलागि : १६ घर जल्दा ३५ लाख बढिकाे क्षती

भाणटावारी टि २० क्रिकेट : भाणटावारी बी फाइनलमा

तपाईको प्रतिक्रिया