विराटचोकमा गोविन्द मार्गको उदघाटन सँगै बृद्ध चौतारीको शिलान्यास

विराटचोक । मोरङको सुन्दरहरैँचा स्थित वडा नं. ९ मा गोविन्द नमूना मार्गको समुद्घाटन कार्यक्रम भएको छ । कार्यक्रम गोविन्द नमूना मार्ग उपभोक्ता समितिको आयोजनामा भएको थियो । उपभोक्ता सहयोगदाता तथा सुन्दरहरैँचा न.पा.को सहभागितामा नमूना मार्गको निर्माण सम्पन्न भएको छ ।

नगर क्षेत्रकै आकर्षक नमूना मार्गको रुपमा गुणस्तरीय पेवल्सबाट निर्माण गरिएको सो मार्ग १७ सय १५ फुट लम्बाई तथा १९ फुट चौडाईमा रहेको छ । गोविन्द नमूना मार्ग निर्माणको लागि सुन्दरहरैँचा न.पा. बाट १० लाख उद्योगपति तथा समाजसेवी भोलेश्वर दुलालद्वारा ७ लाख २४ हजार ४ सय, गोविन्दबहादुर थापाद्वारा २ लाख ५० हजार तथा उपभोक्ताबाट २८ लाख ६९ हजार ८ सय ५ रुपैयाँ आर्थिक स्रोत संकलन भएको थियो ।

समुद्घाटनको कार्यक्रममा गोविन्द नमूना मार्गको आय व्यय हिसाब बिवरण समेत सार्बजनिक गरिएको थियो । जसमा कूल आय रु. ४८ लाख ४४ हजार २ सय ५, कूल व्याय रु. ४९ लाख ३६ हजार ८ सय ८८ रुपैयाँ तथा उपभोक्ताबाट उठ्न बाँकी १ लाख ५६ हजार २ सय रुपैयाँ रहेको आर्थिक विवरण सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

उक्त नमूना मार्गको उद्घाटन कार्यक्रमको नगरप्रमुख शिवप्रसाद ढकालले समुद्घाटन गरेको थिए । उनले आफ्नो मन्तब्यका क्रममा कार्यक्रमलाई सम्बोन्धन गर्दै नगरको समग्र विकासको लागि सबैको एकता सद्भाव तथा सहयोगको अति आवश्यकता पर्ने हुँदा समग्र विकासका लागि जनप्रतिनिधि लगायत सबै नगरबासीहरुको सकारात्मक भूमिका तथा नगरप्रतिको जिम्मेवारी जरुरी भएको बताए । नगर प्रमुख ढकालले यस्ता महत्वपूर्ण नमूना मार्गको निर्माणले हामीलाई सुविधा पुग्नुका साथै नगरको विकासमा समेत टेवा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा नमूना मार्ग निर्माणमा आर्थिक सहयोग पु¥याउने गोविन्द थापा तथा नमूना मार्ग निर्माणमा विशेष सहयोग पु¥याउने खड्गबहादुर कार्की एवम् कुलबहादुर दाहाललाई कार्यको उच्च मुल्याङ्कन गर्दै दोसल्ला ओढाएर सम्मान पत्रका साथमा सम्मान गरिएको थियो । यसैबिच नमूना मार्ग समुद्घाटनको कार्यक्रमको अवसरसँगै सोही स्थानमा बृद्ध चौतारीको समेत शिलान्यास गरिएको थियो । नगरप्रमुख शिवप्रसाद ढकालको करकमलबाट शिलान्याश तथा स्थानीय लोकप्रिय ज्योतिष विष्णुप्रसाद न्यौपानेको धार्मिक विधिमा बृद्ध चौतारीको शिलान्यास कार्यक्रम भएको थियो । आफ्नो निजी लगानीमा १० धुर जग्गा रु. २७ लाखमा खरीद गरेर आमा दुर्गादेवी दुलालको नामबाट सुविधा सम्पन्न बृद्ध चौतारी निर्माण गरी केही समय भित्रै सेवा तथा सहयोगको भावनाले यहाँको समाजलाई हस्तान्तरण गर्ने योजना रहेको बृद्ध चौतारी निर्माणकर्ता समाजसेवी तथा उद्योगपति भोलेश्वर दुलालले बताए ।

 

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैंचा खुल्ला दिसामुक्त, पूर्णखोप सुनिश्चितता तथा साक्षर नगरपालिका घोषणा

सुन्दरहरैंचा नपामा विपत व्यवस्थापन समिति गठन

९ करोडको लगानीमा सुन्दरहरैंचामा सार्वजनिक शाैचालयको निर्माण हुँदै

हावाहुरीबाट सुन्दरहरैचामा करोडौको क्षति,दर्जनौ परिवारको बिचल्ली

विराटचोकमा प्रिमियर इन्स्योरेन्सको शाखा विस्तार

सुकुना बहुमुखी क्याम्पस प्रदेश १ को शान हो : प्रेमप्रसाद भट्टराई

सुन्दरहरैंचामा दोस्रो नगर सभा सम्पन्न

शिक्षा सामाजिक सेवा हुनु पर्दछ : गोविन्द कार्की

विराटचोकमा गोविन्द मार्गको उदघाटन सँगै बृद्ध चौतारीको शिलान्यास

तपाईको प्रतिक्रिया