ज्यान जोखिममा राखेर शिक्षा आर्जन गर्दै विद्यार्थी

  •  मिकाइल आलम

भाणटावारी । गाउँमा मावि स्तरको विद्यालयमा नहुदा यहाँका सयौं विद्यार्थीहरु बसमा जोखिमपूर्ण यात्रा गरेर पढ्न जाने गरेका छन् । प्रावि अर्थात आधारभूत सम्म गाउँमै रहेको विद्यालयमा पढेका उनीहरू माध्यमिक तहको अध्ययनका लागि घर भन्दा ५ किलोमिटरको दुरीमा रहेको श्री कोशी जनता मावि हरिपुरको यात्रा ज्यानको बाजी राखेर गर्न बाध्य भएका हुन । यहाँका अधिकान्श विद्यार्थीहरु यस्तै जोखिमपूर्ण यात्रा गरेर उच्च शिक्षा उन्मुख भएका हुन ।

यहाँका विद्यार्थीहरू आफ्नो ज्यान नै जोखिममा राखेर हरेक दिन स्कुलमा आउने र जाने गरिरहेका छन् । विद्यार्थीहरूले आफ्नो ज्यानको बाजी लगाएर विद्यालयमा पढ्न जानुपर्ने बाध्यता वर्षो देखि रहिआएको छ । तर ज्ञान आर्जनका लागि ज्यानको बाजी लगाएर स्कुलसम्म पुग्ने ती विद्यार्थीहरुका समस्या समाधानका लागि राज्य तथा गैर राज्य दुवै पक्षबाट खासै पहल भएको छैन । जसका कारण विद्यार्थीहरू आँखा चिम्लेर बस र म्याजिकको जोखिमपूर्ण यात्रा मार्फत विद्यालयबाट ज्ञान आर्जन गरिरहेका छन् । यो समस्या बाहिरबाट हेर्दा वा सुन्दा सामान्य लाग्न सक्छ ।

तर, सयौं विद्यार्थीहरू अहिले दिनहुँ जोखिमपूर्ण यात्रा गरिरहेका छन्,भाणटावारीका स्थानीय मिनहाज मियाले भने कुनैपनि बेलामा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । यसतर्फ सरोकारवाला लगायत सबै पक्षको ध्यान जानू जरुरी छ मियाले भने । यहाँका विद्यार्थीहरू जब विद्यालय जान भन्दै झोला बोकेर घरबाट निस्कन्छन् । उनीहरू घन्टौंको प्रतीक्षा पश्चात् मात्र विद्यालय पुग्ने गरेका छन् । कुनै दिन त गाडीमा यात्रु भरिभराउ हुँदा बस स्टेन बाटे घर फर्किन बाध्य हुन्छन् विद्यार्थीहरु उनलेे भने ।

मुस्किलले महिनामा एक हप्ता पनि यहाँका विद्यार्थीहरु विद्यालयको समयमा आउदैन श्री कोशी मावि हरिपुरका शिक्षक शिवनारायण मण्डलले बताए । उनका अनुसार छात्रछात्राहरु विद्यालयको समय भन्दा ढिलो आएपनि हाजिर बनाइदिने गरेको छ । ढिलो भयो भने बस नपाउने भन्दै भाणटावारी का अधिकांश विद्यार्थीहरु टिपिनमै भाग्ने गरेको एक कक्षा ९ मा अध्ययनरत विद्यार्थी सैनुल हकले बताए । बसको जोखिमपूर्ण यात्रा गर्दै यहाँका विद्यार्थीहरूले अहिलेसम्म ज्ञानको बाटो पहिल्याउँदै आइरहेका छन् ।

र भविष्यमा पनि यो समस्याको समाधान हुने सम्भावना न्यून छ । विद्यालयमा पुग्न उनीहरूसँग साइकल बाहेक अर्को कुनै भरपर्दो विकल्प छैन । यहाँका विपन्न तथा गरिब परिवारका विद्यार्थीहरु मध्ये अधिकांशसंग साइकल पनि नभएकोले उनीहरू बसको जोखिमपूर्ण यात्रा गरेर पढ्न जाने गरेका छन् । दिनहुँ बसमा जोखिम मोलेर विद्यालयमा पुग्नु विद्यार्थीहरूको बाध्यता नै बनेको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न सहकार्य

सरोकारवालाद्वारा भाण्टावारी बजारमा सरसफाई

सडक दुर्घटनामा परी ४० वर्षिय शिक्षक बढुको मृत्यू

बेलुका ७ बजे काेशी अपडेट: पानीको बहाव उच्च

“सेफ जोन” मा तस्करलाई प्रहरीकै संरक्षण

वडाध्यक्षले कमिसनमा गुणस्तरहीन काम गराएको गुनासो

हात्ती आक्रमण बाट कोशी क्षेत्रमा एक जना घाइते (तस्विरहरू सहित)

भाण्टावारीमा सुरक्षाकर्मीको दोहोरो चरीत्र, नरसिंहबाट तस्करीको समान बरामद

राहत वितरणमा पक्षपात गरेको भन्दै बाढी पीडित आक्रोशित (भिडियाे सहित)

कोशीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

तपाईको प्रतिक्रिया