गोठगाँउमा प्रदेश १ को राजधानी बनाऊन सबै मेयर र अध्यक्ष सहमत

बिराटचौक । मोरङको सुन्दरहरैचास्थित गोठगाँउमा रहेको पुर्बाञ्चल बिश्वबिद्यालय रहेको स्थानमा प्रदेश नम्बर १ को राजधानी हुनुपर्नेमा मोरङका ५ वटा नगरपालिका र ३ वटा गाँउपालिकाका मेयर र अध्यक्षहरु सहमत भएका छन । आईतबार सुन्दरहरैचा नगरपालिकामा भएको कार्यक्रममा उर्लाबारी,बेलबारी,पथरी,लेटाङ नगरपालिका तथा मिक्लाजुङ,केराबारी,कानेपोखरी गाँउपालिकाका मेयर र अध्यक्षको बैठकले सहमति गरेको सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले जानकारी दिएका छन । सुन्दरहरैचा क्षेत्रका स्थानीयले दबाबमुलक कार्यक्रम अन्र्तगत शनिबार मोटरसाईकल रयालीको आयोजना गरेका थिए ।
सुन्दरहरैचामा रहेका सम्पुर्ण संघसंसस्थाको आयोजनामा रयाली आयोजना गरिएको थियो । रयालीमा बिभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, ब्यापारी, बिद्यार्थी लगायत हजारौँ नगरवासीहरुको सहभागिता रहेको थियो । सुन्दरहरैचा नगरपालिकाको कार्यालय अगाडीबाटरयाली शुरु भई नगरका बिभिन्न भागमा परिक्रमा गरेको थियो । प्रदेश नम्बर १ को पराजधानी गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयमा नै राख्नुपर्ने सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले सामाजिक संजाल फेसबुक मार्फत सबैलाई अपिल गर्दै आएका छन ।
गोठगाउँ स्थित ८ सय ५ बिगाह क्षेत्रफल रहेको पूर्वाञ्चल विश्वविद्यालयको जग्गा र सो मा प्रसस्त भौतिक पूर्वाधारहरु रहेको उनले बताए । प्रदेशको राजधानीको माग सहित बिराटनगर,इटहरी र धनुकटामा समेत स्थानीयले बिभिन्न दबाबमुलक कार्यक्रम गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया