सुनसरी ३ मा मतगणना सुरू – भग्वतीद्वारा बाहिस्कार , एमालेका कार्यकर्ताकाे उपस्थिती शुन्य

इटहरी । मत गन्ने क्रममा मत पेटीकामा अर्धकट्टी सहितको मतपत्र भेटिएपछि उत्पन्न बिवादका कारण स्थकित भएकाे सुनसरी क्षेत्र नं ३ अन्तरगत प्रतिनिधी सभा तर्फकाे मत गणना  मंगलबार दिउसाेदेखी पुन :सुचारू भएकाे छ । निर्वाचन अायाेगले तत्काल साे क्षेत्रकाे मत गणना सुरू गर्न अान्तरीम अादेश जारी गरेसंगै सुनसरी क्षेत्र नं ३ मा मत गणना सुरू भएकाे हाे ।

गणना सुरू नहुदै पुनः२ ओटा बाक्साको शिल नमिलेकाे भन्दै बिवाद उत्पन्न भएकाे थियाे । निर्वाचन अायाेगले दिएकाे निर्देशन अनुसार मत गणना अहिले फेरी सुचारू अवस्थामा छ । तर अायाेगले अाफ्नाे कुरा नसुनेर एकलाैटी निर्णय अनुसार मतगणना सुरू गरेकाे भन्दै एमालेकी उम्मेद्वार भगवती चाैधरील मतगणना  क्षेत्रबाट बाहिरीएकी छिन ।

अर्ध कटि सहित भेटिएको ९ वटा मत बदर हुनुपर्ने नभए विवाद भएको स्थानमा पुंन : मतदान हुनुपर्ने एमालेकी उमेदवार चौधरीले माग गरेकि छिन । यता कांग्रेसका उमेदवार बिजय कुमार गछदारले अाफु हार्ने डरले भगवती ले मतगणना रोकेर कार्य प्रभावित पार्न खोजेको  अाराेप लगाएका छन । हाल साे क्षेत्रमा मत गणना सुरू भएपनि एमालेका कार्यकर्ताहरूकाे उपस्थिति शुन्य रहेकाे छ ।

यस क्षेत्रमा गणनाकाे सुरूवाती देखि नै एमालेकी चाैधरी गच्छदार भन्दा अग्रस्थानमा रहेकी थिइन । पछिल्लाे मत परिणाम अनुसार भगवती चाैधरीकाे २९३२६ मत रहेकाे छ भने कांग्रेका उम्मेद्वार तथा उपप्रधानमन्त्री बिजया गच्छदारकाे  २९१७१ मत रहदा गणना स्थकित भएकाे थियाे ।

तपाईको प्रतिक्रिया