महिलाको शव भेटियो

काभ्रे/ काभ्रेपलाञ्चोकमा आज एक महिलाको शव भेटिएको छ ।

बनेपा नगरपालिका– २ की ३६ वर्षीया संगिता घिमिरेको शव सोही नगरपालिका– १३ स्थित धनेश्वर जंगलमा भेटिएको बनेपा प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।

घिमिरे गत मंसिर १२ गतेदेखि हराइरहेकी थिइन् । उनको घरपरिवारले खोजीका लागि बनेपा पहरी चौकीमा निवेदन दिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको शाहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया