मोरङको क्षेत्र नं ३ : सुनिलले गरे भानुभत्तले गरेनन मतदान

बेलबारी । मोरङको क्षेत्र नं ३ का प्रतिनिधिसभामा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका डा.सुनिल शर्माले बेलबारी ४ मा रहेको पञ्चज्योति आधारभुत बिद्यालय मतदान केन्द्रमा गएर मतदान गरेका छन । मतदान पछि उनले हिंजो जितेर गएकालाई काम गरेनन् भनेर गाली नगर्न र अब उनीहरुलाई बिर्सनका लागी आफुलाई भोट हाल्न अनुरोध गरे । उनले भने “मलाई भोट दिनुहोला भन्दै जनताको माझमा म गएको छु ,जनताले मलाई अविरमालाले स्वागत गर्नुभएको छ ।

विजयको टिका लगाइसक्नु भएको छ । भ्रममा पर्नुपर्ने कुनै कारण छैन त्यसैले मेरो जित सुनिश्चित रहेको छ ।” बामगठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार भानुभत्त ढकालको भने यस क्षेत्रमा मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्नबाट बञ्चित भएका छन । अन्य उम्मेदवारहरुले मतदान गरेका छन ।

तपाईको प्रतिक्रिया