पाँचथरमा सीसीटीभी, तारजाली र कडा सुरक्षा वीच मतगणना हुने

पाँचथर गत मंसिर १० गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अाज (बिहीबार) साँझ पाँच बजेदेखि हुने सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले  सर्वदलीय वैठकको आयोजना गरि मतगणनाका आचारसंहिताका साथै मतगणनाको सबै तयारी पूरा भएको जानकारी दिएको छ ।

मतपत्र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला समन्वय समितिको कवर्डहल भित्र तार जालीले अर्को घेरा लगाइएको छ दलका प्रतिनिधिहरु तारको घेरा वाहिर वसेर काम गर्ने जनाइएकाे छ । मतगणना हुने स्थलमा सीसीटीभी जडान भएको छ । तारजाली भित्र गणकले मत गणना गर्नेछन् भने तारजाली बाहिर सुरक्षाकर्मी र दलका प्रतिनिधि, पर्यवेक्षक, पत्रकार रहने ब्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया