उदयपुरमा महिला मैत्री एक मतदान केन्द्र

उदयपुर /उदयपुरमा एक मतदान केन्द्र महिला मैत्री संचालन हुने भएको छ । त्रियुगा नगरपालिका वडा नं. ११ बालमन्दिर उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र महिला मैत्री हुने भएको छ ।उक्त विद्यालयमा केन्द्रमा ८ महिला कर्मचारी मात्र नभई सुरक्षाकर्मी पनि महिला नै भएको मतदान अधिकृत निर्मला कार्कीले जानकारी दिईन ।

‘आफ्नो नेतृत्वमा अहिले सम्म ४ वटा मतदान गराए पनि स्थानिय निर्वाचन २०७४ र अहिलेको निर्वाचनमा महिला मैत्री मतदान केन्द्रको जिम्मा लिएको कार्कीको भनाई छ’ ।उनले भनिन् ‘सवै कर्मचारी उर्जाशिल भएकाले सजिलै मतदान सम्पन्न हुने विश्वास छ’ ।
सो केन्द्रको सुरक्षा प्रमुखमा असई उमा गुरुङ्गलाई जिम्मेबारी दिईको छ ।

‘जनतालाई सुरक्षा दिने विषयमा जति पुरुषले सुरक्षा दिन सक्छ त्यतिनै महिलाले पनि सुरक्षा दिन सक्छ ।’ गुरुङ्गले भने । एस. एल. सी. परीक्षा देखि नै महिला मैत्री केन्द्रमा सुरक्षा दिदाँ देखिको अनुभव सुनाउदै भनिन् ।

उनले भनिन्–‘सुरक्षा सतर्कताको बारेमा सचेत छौ । नागरिकको सुरक्षमा सम्बेदनशिल भएर निर्वाचन सफल बनाउन प्रतिवद्ध रहने छु ।’
सो मतदान स्थलमा ४ वटा मतदान केन्द्र छन् । सवै मतदान केन्द्रको सुरक्षाकर्मी महिला छन् ।

तपाईको प्रतिक्रिया