​पैसा बाँड्न जाँदै गर्दा आक्रमणमा परे राजेन्द्र महतो

जनकपुर । धनुषा–३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र महतो पैसा बाँड्न जाँदा आक्रमणमा परेका छन् । मौन अवधि जारी रहँदा मंगलबार राति जनकपुरको देवीचोकमा महतोलाई पैसा बाड्न रोक्न खोज्दा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको हाे । राति करिब सवा ११ बजे भएको झडपका क्रममा राजपाका केही कार्यकर्ता सामान्य घाइते भएको बताइएको छ ।

मौन अवधिमा पैसा बाँड्न गएको आरोप लगाउँदै आफूहरुले लखेटेको कांग्रेसका युवा नेता राकेशविक्रमले बताएका छन् । यता, राजपा नेताले भने व्यक्तिगत कामले निस्किएका महतोमाथि आक्रमण भएको दाबी गरेका छन् । महतोलाई मंगलवार राती नै जनकपुर–१६ को कपिलेश्वरमा पनि पैसा बाँड्न जाँदा कांग्रेस कार्यकर्ताहरुले रोकेका थिए ।

तपाईको प्रतिक्रिया