शिर्षदलका नेताहरू माेरङमा काँहाबाट मतदान गर्दैछन ?

मोरङ । मोरङका दुई दर्जन केन्द्रीय नेताले मोरङबाट मतदान गर्ने छन । काँग्रेसका नेता डा शेखर कोइराला, काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला, महेश आचार्य, डा मीनेन्द्र रिजाल, डा .डिला सग्रौला, विना विभागीमन्त्री शिबकुमार मण्डल , संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, पुर्व अर्थमन्त्री भरतमोहन अधिकारी,पुर्व सांसद दिलीप गच्छदार, पुर्व सांसद अमृत अर्याल, एमाले पोलिटब्युरो सदस्य एवम पूर्वमन्त्री लालबाबु पण्डित,माओवादी केन्द्रका पूर्व सचिव एवम् पुर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मोरङका विभिन्न ठाउँबाट मतदान गर्नेछन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् पूर्व खेलकुद राज्यमन्त्री गोपी अछामी, पोलिटब्युरो सदस्य हेमकार्की, कुशल लिम्बू, माओवादी केन्द्रका सचिवालय सदस्य सावित्रीकुमार काफले, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, डा शिवमाया तुमबाहाम्फे, एमाले नेता गुरु बरालले मोरङबाट मतदान गर्नेछन् । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका अनुसार पुर्वअर्थमन्त्री भरत मानेहन अधिकारीले विराटनगर ७ मा अवस्थित बालिका मावी मतदान केन्द्रबाट मतदान गर्ने छन ।

काग्रेस नेतृ सुजाता कोइराला र डा .शेखर कोईरालाले आदर्श मावि स्कुलको मतदान केन्द्र र डा मीनेन्द्र रिजालले पुसेट क्याम्पस मतदान केन्द्र केन्द्रबाट मतदान गर्ने छन । काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश आचार्यले जनता स्कुलको मतदान केन्द्रमा मत खसाल्नु हुनेछ । माओवादी केन्द्रका पूर्वसचिव एवम् पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गोग्राहा स्कुलको मतदान केन्द्रबाट मतहाल्ने छन , विना विभागीमन्त्री माओवादी पोलिटब्युरो सदस्य शिवकुमार मण्डलले मण्डलले रंगेलीको काली मावी टकुवा बाट मतदान गर्ने छन ।

सङघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले विराटनगरको डिग्री क्याम्पसबाट मतदान गर्ने छन। त्यस्तै, पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट मतदान गर्ने छन । अन्य नेतामा काग्रेस नेतृ डा डिला संग्रौलाले जनपथ मावि, पुर्व सास एव्म काग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले संसारी माईस्थान मारहेको स्कुलको मतदान केन्द्र, एमालेका केन्द्रीय सदस्य तथा कोसी अञ्चलल इन्चार्ज जीवन घिमिरे डिग्री क्याम्पस मतदान केन्द्र, डा शिवमाया तुम्बाहाम्फेले उर्लाबारीको सुनपकुवा मावि बाट मतदान गर्ने छन ।

यसैगरी, माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफलेले डाँगिहाटको सरस्वती मावी मतदान केन्द्र, कुशल लिम्बूले मिक्लाजुङ मतदान केन्द्र र पोलिटब्युरो सदस्य होम कार्कीले टङ्कीसिनवारीको नरग्राम माविबाट मतदान गर्ने छन् । त्यसैगरी, पूर्वमन्त्री दिलीप गच्छदारले रमाइलोको जनसेवा मावि मतदानकेन्द्रबाट मतखसाल्ने छन ।

तपाईको प्रतिक्रिया