‘लोकतन्त्र रक्षाका लागि काँग्रेसलाई बलियो बनाउन आवश्यक’

इनरुवा, १८ मंसिर / नेपाली काँग्रेसका नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्र रक्षा गर्नका लागि काँग्रेसलाई बलियो बनाउन आवश्यक रहेको दोहो¥याउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आज काँग्रेस क्षेत्र नं २ (ख) ले आयोजना गरेको चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री गच्छदारले काँग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने भएकाले काँग्रेसलाई बलियो बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । उपप्रधानमन्त्री गच्छदारले वाम गठबन्धनले संविधानलाई उल्ट्याएर देशमा निरंकुश शासन ल्याउन खोजेको समेत आरोप लगाउनुभयो । कार्यक्रममा पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं २ (ख) का उम्मेदवार राजीव कोइरालाले काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया