प्रदेश २ मा मधेशी गठबन्धनको बहुमत : अध्यक्ष यादव

राजविराज, १८ मंसिर  / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सप्तरी क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवले प्रदेश नं. २ को प्रदेशसभामा आफूहरुको बहुमत आउने दाबी गर्नुभएको छ । संघीय प्रेस फोरम सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले प्रदेश नं २ मा मधेशी गठबन्धनको बहुमत आउने र प्रतिनिधिसभामा पनि मधेश गठबन्धनको सम्मानजनक स्थान आउने विश्वास व्यक्त गर्नुभएको हो ।

अध्यक्ष यादवले आफू जन्मेको जिल्लामा चुनावी प्रचारप्रसार गर्न जाँदा जिल्लाको अवस्था अत्यन्त जर्जर देखेकाले अब समृद्ध बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया