समृद्धि र विकास मुख्य लक्ष्य : अधिकारी

पोखरा/नेकपा (एमाले)का युवा नेता एवं प्रतिनिधिसभा क्षेत्र नं . २ कास्की उम्मेदवार रविन्द्र अधिकारीले आर्थिक समृद्धि र विकास गर्ने आफ्नो एक मात्र लक्ष्य रहेको बताउनुभएको छ ।

पोखरा–लेखनाथ महानगरपालिका–३३ भरतपोखरीमा आज आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विकास र निर्माणको कार्यमा स्थानीय जनताले साथ दिए आपूmले क्षेत्रमा बजेट ल्याउन सक्दो पहल गर्ने वचन दिनुभयो ।

उहाँले अब राजनीतिक लडाई सकिएकाले आर्थिक क्रान्ति गरेर मुलुकलाई समृद्धिको बाटोतर्पm लैजान सबै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा क्षेत्र नं २ (क)का उम्मेदवार कृष्ण थापा र (ख) का उम्मेदवार राजकाजी गुरुङ्गले वाम गठवन्धनको बहुमतको सरकार वनेमा देशलाई कायपलट नै गर्ने दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया