अबको प्रधानमन्त्री मै हुँ : ओली

बिराटचौक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्बाचनपछि बन्ने बामपन्थी सरकारको प्रधानमन्त्री अफु बन्ने दाबी गरेका छन । यहि मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्बाचनलाई लक्षित गरी आईतबार मोरङको सुन्दरहरैचामा संयुत्त बामगठबन्धनले आयोजना गरेका जनसभामा उनले आफु प्रधानमन्त्री हुँदा घोषणा गरेको पानीजहाज जसरी पनि नेपालमा चलाएर देखाउने बताएका छन ।

प्रतिनिधि सभामा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका डा. सुनिल शर्मातिर लक्षित गर्दै उनले औषधी बेच्न छाडेर राजनीतिमा दुःख पाउन आएको र उनलाई यता भन्दा पनि औषधी बेच्नै तिरै फाईदा हुने ब्यंग्य गरे । उनले शिबिर सञ्चालन नगर्न समेत सुझाब दिए । आईतबार बिहान निधन भएका प्रचण्ड पुत्र प्रकाश दहाल प्रति उनले समवेदना समेत प्रकट गरेका छन । उनले एक राजनीतिक कर्मयोद्धा गुमाएको समेत बताए ।

जनसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड ले सम्बोधन गर्ने भनिएपनि प्रचण्डपुत्र प्रकाश दहालको निधनका कारण बिहानै प्रचण्ड काठमाण्डौ फर्किएका थिए । बिराटचौकको सुकुना चौरीमा भएको कार्यक्रममा यस क्षेत्रका बामगठबन्धनका सबै उम्मेदवारहरु सहभागी थिए । मोरङको क्षेत्र नम्बर ३ मा पर्ने सो क्षेत्रमा प्रतिनिधि सभाका लागी बामगठबन्धनबाट भानुभत्त ढकाल,प्रदेशसभाका लागी (क)बाट गिता तिम्सिना र (ख) बाट राजकुमार ओझा उम्मेदवार रहेका छन ।

जिल्लामै सबैभन्दा बढी मतदाता रहेको सो क्षेत्रमा काँग्रेसका तर्फबाट प्रतिनिधि सभामा सुनिल शर्मा र प्रदेशसभामा (क) बाट सुर्यामराज राई र (ख) बाट ललितबहादुर श्रेष्ठ उम्मेदवार बनेका छन ।

तपाईको प्रतिक्रिया