प्रचण्ड पुत्र प्रकासकाे निधन

इटहरी । पूर्व प्रधानमन्त्री तथा माअाेवादी केन्द्र अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड ) का छाेरा प्रकास दहालकाे हृदयाघातका कारण अाइतबार बिहान मृत्यु भएकाे छ । बिहानै हृदयघात भएपछि उनकाे उपचारकाे क्रममा काठमाण्डाैस्थित नर्भिक अस्पतालमा मृत्यु भएकाे हाे । खबर पाएलगत्तै झापामा रहेका माअाेवादी केन्द्र अध्यक्ष दहाल सम्पुर्ण कार्यक्रम छाडेर अाइतबार नै काठमाण्डाै फर्कदै छन । घटना पछि  नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुख ब्यक्त गरेकी छिन ।

तपाईको प्रतिक्रिया