मकवानपुरको मनहरीमा खुकुरी नचाइ नचाइ तिनजनाकाे हत्या : दाेषी पक्राउ

मकवानपुर (मनहरी) / मकवानपुरको मनहरी गाउँपालिका ७ बिजौनामा खुकुरी प्रहारबाट तिनजनाकाे हत्या भएकाे छ । स्थानीय सुमन बराइलीले मंगलबार साँझ साढे ५ बजे अन्धाधुन्द खुकुरी प्रहार गर्दा बिजौनाका ५२ वर्षीय सीताराम धिताल, धितालका १६ वर्षीय छोरा सुडन र अर्का स्थानीय ६५ वर्षीय जितबहादुर ब्लोनकाे हत्या गरेका हुन ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले दिएकाे जानकारी अनुसार सीतारामको प्राथमिक स्वास्थ्य चौकी मनहरी र सुडन र जितबहादुरको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक सीताराका दुई छोरामध्ये उनीसँगै जेठा छोरा सुडनको हत्या भएको हो । मकवानपुरको हर्नामाडीका जितबहादुर बिजौनास्थित छोरी ज्वाइँको घरमा बस्दै आएका थिए । उनी ज्याला मजदुरी गर्दै आएका थिए । प्रहरीले खुकुरी प्रहार गर्ने बराइलीलाई नियन्त्रणमा लिएर अनुशन्धान सुरू गरेकाे छ । हत्या गर्नु पछिकाे कारण खुलेकाे छैन ।

तपाईको प्रतिक्रिया