कार्यकर्ता र मिडिया किनेरै चुनाव जित्ने शर्माको रणनीति (श्रृखला ३ )

मोरङ । मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागी काँगेसका तर्फबाट उम्मेदवार बनेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा मतदाता किनेरै भएपनि चुनाव जित्ने रणनीतिमा लागेका छन । केही मिडियाले उनलाई जिताउने ठेक्का समेत लिएका छन । ती मिडियाहरुले उनलाई जिताउने ठेक्का बापत लाखौ रकम कुम्लाएका छन भने शर्माको भजन गाऊन ती मिडियाहरु कम्मर कसेर लागेका छन । काठमाण्डौबाट सञ्चालित एक अनालाईन र मोरङबाट सञ्चालित केही मिडियाहरु उनलाई जिताउने ठेक्का लिएर हातै धोएर लागी परेका छन ।

ती अनलाईनका सञ्चालक केही साताअघि सुनसरीको इटहरीमा आएर केही दिन बसेनन् मात्र पुर्बका पत्रकारहरुलाई शर्माको समाचार, फोटो, भिडियो आफुलाई उपलब्ध गराए २० देखि ३० हजार सम्म रुपैया दिने भन्दै ललिपप समेत देखाए । सोही ललिपपको लोभका केही फेसबुके पत्रकारहरु उनी उठेदेखि शौचालय छिरेसम्मको कुराहरु फेसबुकमै भएपनि लाईभ गरिरहेका छन । शर्माका कर्तुतका बारेमा पुर्बेली न्युजले पर्दाफास गरिसकेको छ ।

उनले मोरङको क्षेत्र नम्बर ३ मा मतदाता किनेरै भएपनि चुनाव जित्ने रणनीतिमा लागेपछि हामीले त्यस क्षेत्रका बिभिन्न वडामा गएर उनलाई फलोअप गरेका छौँ । त्यसक्रममा उनले चुनाव जित्नका लागी अपनाएका रणनीतिहरुका बारेमा हामी यहाँ उल्लेख गर्दैछौ ।

१ : सबैभन्दा शुरुमा शर्माले त्याँहा निशुल्क स्वास्थ्य शिबिरको नाममा जनताको मन जित्ने कोशिष गरेका रहेछन । उनले निशुल्क उपचारको नाममा साना बिरामीलाई गाँउमै उपचार गर्ने र त्याँहा सम्भव नभएका बिरामीलाई गाडी नै मगाएर बिराटनगर लैजाने र त्यही उपचार गराउने गरेका रहेछन । उनले नोबेलबाट राजीनामा दिएको भनिएपनि उनकै निर्देशनमा यो काम भईरहेको बुझन कुने गाहे छैन । उनले हरेक टोलमा त्याँहाका काँग्रेसका अगुवाको रेखदेखमा शिबिर गर्ने र अर्को पार्टीका मतदाताहरुलाई आकर्षित गनृ फोकस गर्ने गरेका रहेछन । निशुल्क उपचार मात्र नभएर उनले पैसा समेत बाँडने गरेका तथ्य फेला परेको छ ।

२ : उनको पहिलो निशाना सुकुम्बासी बस्ती बनेको रहेछ । उनका भरौटेहरुले सबैभन्दा शुरुमा त्यस्ता बस्तीमा गएर उनलाई भगवानको टयाग भिराउँदा रहेछन । उनका आफनै भरौटेहरु सुकुम्बासी र रोगी बनेर उहाँ त भगवान हो उहाँले गर्दा मेरो जिवन बच्यो आदि ईत्यादि भनेर उनले अन्य रोगी र गरिबहरुलाई आकर्षित गर्दारहेछन । अनि अरु बिरामी र गरिब जनताहरु उनीप्रति आकर्षित गर्दा रहेछन ।

३ : उनले टिकट पाउने बेलामा नै अन्य नेताले यस क्षेत्रमा आँट नगरेपछि कसरी चुनाव जित्नुपर्छ मलाई थाहा छ ,मलाई टिकट मात्र दिनुस भनेपछि उनले टिकट फुत्काएका थिए । यस क्षेत्रमा उनले चुनाव जित्न दाम,दाम दुबै प्रयोग गरेका छन । फकाउने र फकाउदा नमाने थर्काउने सम्मका रणनीति लिएर उनी यस क्षेत्रमा अगाडी बढेका रहेछन । यदि चुनावमा कोही बाधक बने उसलाई आफनो बाटोबाट पन्छाउन जे पनि गर्ने उनले कार्यकर्तालाई निर्देशन दिएको उनी निकट स्रोतले जानकारी दियो ।

४ : शर्माले प्रचारप्रसारका लागी मात्र ५० लाख बढी मिडियामा खर्च गरेका रहेछन । उनले आफुलाई स्थानीय मिडिया नचाहिने भन्दै उनले केही राष्ट्रिय मिडियाहरुलाई मात्र बिज्ञापन उपलब्ध गराएर सोही मिडियाकै भरमा अगाडी बढेका छन । हामीले स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दा उनीहरु समेत सन्तुष्ट भेटिएनन । उनीहरुलाई शर्माले दुब्र्यबहार समेत गरेका रहेछन ।

स्थानीय सञ्चारकर्मीहरुलाई उनले अहिले सम्म भेटेका रहेन रहेछन । जिल्लामै सबैभन्दा बढी मतदाता रहेको यो क्षेत्रमा एक लाख २७ हजार चार सय ९६ मतदाता छन् । त्यस क्षेत्रका २६ वटा वडामा एमालेले २९ हजार एक सय ६२, कांग्रेसले २१ हजार ८७ र माओवादीले १३ हजार चार सय ९५ मत पाएका थिए । अब वाम गठबन्धनको मत ४२ हजार ६ सय ७५ पुगेको छ । कांग्रेसभन्दा २१ हजार बढीको मतान्तर देखिन्छ, उक्त क्षेत्रमा राप्रपाको एक हजारभन्दा कम मत निर्णायक हुने अवस्था छैन ।

याे पनि पढ्नुहाेस् ।

तिकड्म प्रयोग गरेरै नोबेल अस्पतालका सञ्चालक सुनिल शर्माले हत्याएका रहेछन शत्ति र सम्पत्ति (श्रृंखला २)

तपाईको प्रतिक्रिया