तनहुँमा एक्काइस सय कर्मचारी खटिने

दमौली / यही मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा तनहुँमा दुई हजार १०० कर्मचारी खटिने भएका छन् । निजामती कर्मचारी, संस्थान र समितिका कर्मचारीका साथै सामुदायिक विद्यालयका शिक्षक गरी ती कर्मचारी चुनावमा खटिने जिल्ला निर्वाचनको कार्यालय तनहुँले जनाएको छ ।

चुनावका लागि आवश्यक कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइ सकिएको जिल्ला निर्वाचन अधिकृत बाबुराम घिमिरेले बताउनुभयो । अधिकृतले केन्द्रमा गएर समेत कर्मचारी नियुक्त गर्नसक्ने व्यवस्था रहेको छ । तनहुँमा १३६ स्थानमा २६५ वटा मतदान केन्द्र रहेका छन् । सोही मतदान केन्द्रबाट दुई लाख ११ हजार ३९६ जना मतदाताले मतदान गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया