फिरौती नदिएकै कारण गौचनको हत्या : ५ जना पक्राउ

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ब्याक्तीहरूलार्इ प्रहरीले दिउसाे २ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे छ।

‘गुन्डा’ समिरमानसिंह बस्नेत र मनोज पुनको निर्देशनमा स्याङ्तानले व्यवसायी गौचनमाथि गोली हानेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गोली हान्न निर्देशन दिने बस्नेत र पुनसहित घटनामा संलग्न अरु ८ जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले हत्यामा संलग्न सुटरसहित पाँचजनालाई पक्रन प्रहरी सफल भएको जानकारी दिए । गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या गरिएको थियो ।

तपाईको प्रतिक्रिया