भद्रपुरमा सूचना अभिमुखीकरण कार्यक्रम सम्पन्न

भद्रपुर, २ पुस / ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार, कुनै पनि सार्वजनिक सरोकार थाहा पाउने नागरिकको अधिकार’ नाराका साथ राष्ट्रिय सूचना आयोगले बुधबार यहाँ अभिमुखीकरण कार्यक्रम सम्पन्न ग¥यो । सूचनाको हकसम्बन्धी ऐन, नियमावली र कार्यविधिका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा आयोगका उपसचिव गौलोचन संैजुले ‘सूचनाको हक कार्यान्वयनमा सार्वजनिक निकायका कार्यालय प्रमुख र सूचना अधिकारीको भूमिका र दायित्व’ बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले लोकतन्त्रको सामथ्र्य बढाउन सूचनाको सार्वजनिकीकरणमा बाधा पुग्न नहुने विचार व्यक्त गर्नुभयो । झापाका प्रजिअ तेजप्रसाद पौडेलले सूचना लिने र दिने परिपाटीले सार्वजनिक निकायको विश्वसनियता बढ्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला विकास समितिका योजना प्रमुख दीपक दाहाल तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गणेश पोखरेलले पनि सूचनामा जनताको पहुँच बढ्नुपर्नेमा जोड दिनुभएको थियो । एकदिने सो कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मी गरी करिब २०० जनाको सहभागिता थियो । रासस

तपाईको प्रतिक्रिया

Loading…