आइतबार बिहानै राजधानीमा गोली चल्यो, १ घाइते, ५ पक्राउ

काठमाडौं / काठमाडौँको म्हैपीमा आइतबार बिहानै राजधानीमा गोली चलेको छ ।  अज्ञात समुहले म्हेपीमा स्कुटीमा सवार कल्याण गुरूङमाथि गोली हान्दा स्कुटीमा सवार गुरूङ गम्भीर घाइते भएका छन् । घटनालगत्तै खटेको प्रहरी टोलीले गोली हान्न संलग्न प्रमुख अभियुक्तसहित पाँच जनालाई पक्राउ गरिसकेको छ । घटनाबारे अनुसन्धान भइरहेको र गोली हान्न संलग्नलाई छिट्टै सार्वजनिक गर्ने प्रहरीले जनाएकाे छ ।

घाइते गुरुङको खुट्टामा गोली लागेको छ । गुरूङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । प्रहरी स्रोतका अनुसार शनिबार राति लैनचौरस्थित एक डिस्कोमा नाच्न भेला भएका समूहवीच झगडा भएको थियो । सोही झगडाका कारण बिहान साढे ३ बजेतिर गोली चलेको प्रहरीको प्रारम्भिक अनुमान रहेकाे छ ।

तपाईको प्रतिक्रिया