कुन देशको क्यालेन्डरमा विक्रम संवत प्रयोग हुन्छ भन्ने नजान्दा गुम्यो १२ लाख

भारतीय टेलिभिजन साेनीमा प्रसारित हुने लोकप्रिय टेलिभिजन  शो ‘कौन बनेगा करोडपति’ मा बिहारका भास्कर पान्डेले कुन देशको क्यालेन्डरमा विक्रम संवत प्रयोग हुन्छ भन्ने प्रश्नको उत्तर नजान्दा साढे १२ लाख गुमाउनु परेकाे छ । अमिताभ बच्चनले चलाउने उक्त साे ‘कौन बनेगा करोडपति’को बुधबार प्रसारण भएकाे उक्त कार्यक्रममा भास्करले १२ वटा प्रश्नको सही जवाफ दिँदै १२ लाख ५० हजार भारतीय रुपैयाँ जितेका छन् ।

तर उनले थप एक प्रश्नको सही जवाफ दिएको भए थप साढे १२ लाख रुपैयाँ प्राप्त गर्दथे । उनलाई २५ लाखको लागि तेह्रौँ प्रश्न सोधिएको थियो, ‘कुन देशको क्यालेन्डरमा विक्रम संवतको प्रयोग हुने गर्दछ ?’ उनले  नेपाल हुन सक्ने अनुमान गरिरहेका थिए तर उनले सहि जवाफ भने दिन सकेनन् । एजेन्सी

तपाईको प्रतिक्रिया