मुलुकको नेतृत्व लिन तयार छु : पूर्वराजा शाह

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले चाहेको अवस्थामा आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शनिबार काठमाडौंको कमलादीस्थित बहिनी शोभा शाहीको हाटबाट भाइटीका लगाएपछि पत्रकारसँग कुरा गर्दै पूर्व राजा शाहले मुलुक नेतृत्वविहीन भएको अवस्थामा जनताको इच्छा अनुसार नेतृत्व लिन आफू तयार रहेको बताए ।

‘अहिलेको मुलुकको परिस्थितिलाई नियाल्ने हो भने मुलुक नेतृत्वविहीन बनेको छ’, उनले भने, ‘जनताको चाहना र इच्छाका भरमा म मुलुकको नेतृत्व सम्हाल्न तयार छु । यसलाई सक्रियताको रुपमा हेर्नु हुँदैन ।’ पूर्वराजा शाहले संविधान कार्यान्वयन गर्ने समय आएको समेत बताए । पूर्वराजा शाहले बहिनी शोभा शाहीको हातबाट १० बजेर ४५ मिनेटको राजपुरोहितले तोकेको साइतमा भाइटीका लगाएका छन् । दैनिकनेपालबाट

तपाईको प्रतिक्रिया