भारतीय प्रधानमन्त्री मोदीको कार्यालयमा आगलागी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा आगलागी भएको छ । मंगलबार बिहान स्थानिय समयअनुसार बिहान ३ बजेर ३५ मिनेट जाँदा आगलागी भएको हो । प्रधानमन्त्री कार्यालयको दक्षिणपट्टी रहेको भवनको दोस्रो तलामा रहेको कोठ नम्बर २४२ मा आगलागी भएको भारतीय प्रहरीले बताएको छ । आगलागी भएको कोठामा मोदी कार्यालयका एक अधिकारीको बस्दै आएका थिए ।

उक्त आगलागी केही समयपछि नै नियन्त्रणमा आएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । आगलागी नियन्त्रणको लागि सात वटा बारुणयन्त्रको परिचालन गरिएको थियो । ती बारुणयन्त्रहरुले २० मिनेटभित्र नै आगलागी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । आगलागीबाट केही मानविय क्षति नभएता पनि कम्प्युटर, चार वटा एअर कन्डिसनर जलेको छ । साथै केही कागजात पनि जलेको भारतीय मिडियाहरुले बताएका छन् । दैनिकनेपाल

तपाईको प्रतिक्रिया