जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइतेमध्ये भोजपुर आमचोक गाउँपालिका घर भई हाल पोखरा–१० बुद्धचोक बस्ने २५ वर्षीय विष्णु राई र दमना गाउँपालिका–९ का ३५ वर्षीय भक्तबहादुर राईको सघन उपचार कक्ष र सामान्य घाइते भोजपुरका ३० वर्षीय म्यान राई, २८ वर्षीय ज्ञानबहादुर राई र ४५ वर्षीय टीकाराम राईको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

पानी परिरहेको थियो राति करिब १० बजेको समयमा ठूलो आवाज आयो के भएछ भनेर बाहिर निस्किएर हेर्दा गाडी पानीमा उत्तानो भएको देखेपछि घटनास्थलमा गएर उद्धारमा लाग्याँै स्थानीयवासी सुमन थापाले बताए ।

“घटनास्थलमा पुग्दा दुईजना बाहिर हुनुहुन्थ्यो भने गाडीभित्रबाट पानी खाएको आवाज लगातार आइरहेको थियो तत्काल उद्धारमा लाग्याँै”, उनले भने , “प्रहरी पनि समयमै आएको हुँदा बाँकी चारैजनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउन सफल भयौँ ।” जिप चालक भोजपुरका २४ वर्षीय विकास राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । रासस

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया