यस्तो छ शरीरबाट छालाका डल्ला हटाउने घरेलु उपाय

मान्छेको शरीरमा आउने स-साना डल्ला हटाउने उपायबारे सायदै सुन्नुभएको होला । शरीरमा जति डल्ला भएपनि अब भने यिनलाई हटाउने घरेलु उपायहरु पत्ता लागेको छ । हुन त यी डल्लाले शरीरलाई खासै हानी गर्दैनन् तर, सौन्दर्य विगारेको हुनाले अब घरमा बसेर सजिलैसँग डल्ला हटाउन सकिन्छ ।
डल्ला हटाउने उपायः
– चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो) ले सजिलै डल्ला हटाइदिन्छ ।
– यसका लागि तपाईंले कपास चुक अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालाका डल्लामा दिनको दुई तीन पटक घोट्नुस् । यो प्रक्रिया दिनदिनै दोहोर्याउनुभयो भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्छ (अलिक बढी पनि लाग्न सक्छ) । त्यसैले धैर्य गर्नु जरूरी हुन्छ ।
– मान्छेमा छालाका डल्ला पलाउनु सामान्य कुरा हो । यी हानिरहित डल्ला छालाबाट झुण्डिएका साना र नरम बेलूनजस्ता देखिन्छन् । पुरुष र महिला दुवैमा छालाको डल्लो हुन सक्छ । प्रायः मोटा मान्छेमा छालाको डल्ला निस्कन्छन् । कुनै कुनै डल्ला आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ ।
नोटः डल्ला हटाउने एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो) आयुर्वेद औषधालय, डिपार्टमेण्टल स्टाेर तथा बजारमा पाइन्छ । एजेन्सी

भारतीय बैंकले एक सर्बसाधारणको खातामा जम्मा गरिदियो ८२० करोड

पाकिस्तानमा ७० बर्षिया बुद्धा र ३५ बर्षिया युवकको बिहेको चर्चा चुलियो

जब इजरायलका डाक्टरले छुट्टिएको टाउकोलाई पुनः जोडेर चमात्कार गरे

जानिराखाै : हातमा भएको चक्र र शंखले के अर्थ राख्छ ?

लामखट्टेले दुःख दियो ? लामखुट्टे भगाउन यो घरेलु उपाय अपनाउनुहोस्

चैत ३ मा हुक्का एन एब्जर्ड ड्रिम

ब्लकब्लस्टर हुदैँ शाहरुखको पठानले कमायो ७८० करोड

प्रतिक्रिया