यि युवती जस्ले बलत्कार गर्न खोज्ने स्वामीको लिंग च्वाट्टै पारिन

एजेन्सी । एक भारतीय युवतीले आफूलाई बलत्कार गर्न खोज्ने एक साधुको लिंग च्वाट्टै काटिदिएकी छिन् । उनको साहसिक कार्यले सामाजिक सञ्जालमा खुबै प्रशंसा पाएको छ । भारतीय संचारमाध्यमका अनुसार धर्मगुरु हरी स्वामीले २३ वषिर्या युवतीलाई पाँच वर्षदेखि यौन शोषण गर्दै आएका थिए । अति भएपछि युवतीले तकियामुनी राखेको चक्कु झिकेर स्वामीको लिंग काटिदिएकी हुन् ।
तर, ती स्वामीले भने आफ्नो लिंग आफैंले काटेको हाँस्यास्पद दावी गरिरहेका छन् । घटना भएको स्थान केरला राज्यका मुख्यमन्त्री पिनारयी विजयनले युवतीले चालेको कदम साहसिक र प्रशंसनीय रहेको बताए । पिडित युवती कानूनकी विद्यार्थी हुन् । उनी केरलाको राजधानी थिरुभनाथपुरममा रहेको आफ्नो घरमा रहेका बेला ५४ वषिर्या स्वामीले उनीमाथि जाइलागेका थिए ।
युवतीको परिवारले उनलाई गुरु मान्दै आएको थियो । युवतीमाथि स्वामीले यस्तो हर्कत गरिरहँदा घरमै रहेको परिवार भने बेखबर रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख जि स्पार्जन कुमारले भने, ‘लिंग काटिएपछि हरी स्वामीलाई गम्भीर अवस्थामा नजिकैको सरकारी अस्पतालमा पुर्याइएको थियो ।’
आपत्कालिन उपचारपछि अहिले उनको अवस्था स्थिर रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कुमारका अनुसार प्रहरीले स्वामीविरुद्ध बलत्कार तथा यौन शोषणको मुद्दा दायर गरेको छ । ‘ती युवतीले हामीलाई बताएकी छिन् कि उनको परिवार स्वामीको अन्धभक्त थियो । घरमा विभिन्न बहानामा उनी आइरहन्थे र परिवारले उनलाई न्यानो आतिथ्य दिन्थ्यो,’ कुमारले भने । केही चरणको काउन्सिलिङपछि युवतीलाई प्रहरीको संरक्षणमा राखिएको छ ।

पाकिस्तानमा ७० बर्षिया बुद्धा र ३५ बर्षिया युवकको बिहेको चर्चा चुलियो

जब इजरायलका डाक्टरले छुट्टिएको टाउकोलाई पुनः जोडेर चमात्कार गरे

जानिराखाै : हातमा भएको चक्र र शंखले के अर्थ राख्छ ?

लामखट्टेले दुःख दियो ? लामखुट्टे भगाउन यो घरेलु उपाय अपनाउनुहोस्

चैत ३ मा हुक्का एन एब्जर्ड ड्रिम

ब्लकब्लस्टर हुदैँ शाहरुखको पठानले कमायो ७८० करोड

रहिनन् संसारकै बृद्ध व्यक्ति

प्रतिक्रिया