अाटिली प्रेमिका जसले बन्दुक देखाएर बिवाहकाे जग्गेबाटै दुलहालार्इ भगाइन

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित हमीरपुरमा एक युवतीले दुलाहा बनेर मण्डपमा बसेका आफ्ना प्रेमीलाई उठाएर लगेपछि हंगामा मच्चिएको छ । घटना गत सोमबार रातिको हो ।
दुलाहा र दुलहीबीच माला र औठी लगाउने कार्य सम्पन्न भई मण्डपमा पुजासहित अन्य कार्यको तयारी चलिरहेका बेला अचानक ३ जनासँग स्र्कापियो कारमा सवारी भएर आएकी दुलाहाकी प्रेमिकाले बन्दुक देखाउँदै पाहुनाले भरिएको विहे मण्डपबाट आफ्नो प्रेमी (दुलाहा) अशोक यादवलाई जबरजस्ती उठाएर लगिन् । दुलाहाकी प्रेमिकाको यो फिल्मी स्टाइलको दृश्यबाट हेर्दा हेर्दै पुरै विहे मण्डपमा दौडधुप र भागाभागसहित हंगामा मच्चियो ।
यो आपतका बीच बारात पनि फिर्ता भयो । र, दुलही पनि हातमा लगाएको मेहन्दी लगाएको मात्रै हेरिरहिन । भारतीय सञ्चारमाध्यमका अनुसार दुलाहा र उनकी प्रेमिका बान्दाको एक निजी अस्पतालमा सँगै काम गर्थे । त्यहीबाट उनीहरुको प्रेम कहानी सुरु भएको थियो । तर, जब प्रेमिकालाई छोडेर अर्कैसँग विहे गर्न थालेपछि तब प्रेमिकाले आफ्नो तागत दबंग स्टाइलमा देखाउँदै उनलाई विहेको मण्डपबाटै उठाएर लगिन् ।
सार्वजनिक रुपमै दबंग प्रेमिकाको हिम्मतको यो खबर अहिले सबै ठाउँमा चर्चाको विषय बनेको छ । यद्यपी प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा दुलाहाका भाईसहित कैयौ मानिसलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।

पाकिस्तानमा ७० बर्षिया बुद्धा र ३५ बर्षिया युवकको बिहेको चर्चा चुलियो

जब इजरायलका डाक्टरले छुट्टिएको टाउकोलाई पुनः जोडेर चमात्कार गरे

जानिराखाै : हातमा भएको चक्र र शंखले के अर्थ राख्छ ?

लामखट्टेले दुःख दियो ? लामखुट्टे भगाउन यो घरेलु उपाय अपनाउनुहोस्

चैत ३ मा हुक्का एन एब्जर्ड ड्रिम

ब्लकब्लस्टर हुदैँ शाहरुखको पठानले कमायो ७८० करोड

रहिनन् संसारकै बृद्ध व्यक्ति

प्रतिक्रिया