यि हुन् नयाँ बर्षमा पुग्नैपर्ने पूर्वका उत्कृष्ट ६ गन्तव्य

पुरानाे बर्ष २०७३ ले बिदा माग्दै गर्दा सबैकाे मनमा अब अाउने नयाँ बर्ष कसरी मनाउने भनेर खुलदुली बढने गर्छ । काेहि अाश्रममा रहेका बृद्धाहरूलार्य खाना खुवाउने , काेही केही ब्यवसाय सुरू गर्ने र काेही घुम्न जाने याेजना बनाउन ब्यस्त देखिन्छन ।त्यसैपनि नयाँ बर्ष घुम्न डुल्न र परिवारसंग रमाइलाे बाताबरणमा समय बिताउन कसलार्इ पाे रहर हुदैन । त्यसाे त यतिबेलाकाे माैसम पनि घुम्न र डुल्न संगसंगै बसन्तका पालुवाहरू अवलाेकन गर्ने उपयुक्त समय मानिन्छ । यस पटक  घुम्न जानेहरूकालागि पूर्वाञ्चलकाे उत्कृस्ट पर्यटकिय स्थलकाे बारेमा जानकारी दिने प्रयास गरेका छाै ।

१. तिन्जुरे मिल्के

 

पूर्वका उत्कृष्ट पर्यटकिय स्थलहरूमध्ये तिनजुरे मिल्के पनि एक हाे । अान्तरिक तथा बाहिय पर्यटकहरूकाे तुलनामा साे क्षेत्र पूर्वाञ्चलकाे उत्कृष्ट पर्यटकिय स्थलहरूकाे शुचिमा पर्दछ । नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छन् तर यस पर्यटकिय क्षेत्रमा मात्रै २८ प्रजातिका गुरासहरू पाइने हुदा यस क्षेत्रलार्इ गुरासकाे राजधानी भनेर पनि मानिन्छ । उक्त क्षेत्र संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा पर्दछ ।  गुरासमात्रै नभएर वनै सेताम्मे पारेर फुल्ने चाँपलगायत फुलले यस क्षेत्रकाे थप सौन्दर्य बढाउँछ।

खास गरेर चैतको मध्यदेखि महिना दिन टिएमजे भ्रमण उपयुक्त हुन्छ। किनकि त्यस बेला ढकमक्क फुल्ने गुराँसले टिएमजे दुलहीझैुं सजिएको हुन्छ। वसन्त ऋतुको आगमनसँगै रंगीचंगी गुराँसले सबैको मन पुलकित बनाउँछ। तेह्रथुम वसन्तपुरबाट सुरु हुने पदमार्गबाट टिएमजे भ्रमण गर्न सकिन्छ। त्यहाँबाट घुर्मिसे, पाँचपोखरी, फेदी, चौकी, मंगलबारे, गुफा, सुके र जोरपोखरी हुँदै ताप्लेजुङसम्म पुग्ने पदमार्गको दायाँबायाँ गुराँस देखिन्छ। पदमार्गमै भेटिने लामपोखरी, गुफापोखरीलगायत साना–ठूला पोखरी थप आकर्षण हुन्। यो क्षेत्रबाट ताप्लेजुङतर्फको कञ्चनजंघा, कुम्भकर्ण तथा संखुवासभातर्फको मकालु र चाम्लाङको दृश्यावलोकन गर्न पाइन्छ।

कसरी पुग्ने

टिएमजेसम्म पुग्न यातायात सुविधा छ। धरानबाट धनकुटा हुँदै हिले सम्मकाे ६७ कि.मिकाे यात्रा पश्चात केही बेरमा वसन्तपुर पुग्न सकिन्छ। वसन्तपुरबाट केही किलोमिटर दुरीको टुटे देउरालीबाट टिएमजे क्षेत्र सुरु हुन्छ। तुम्लिङटार विमानस्थलबाट चैनपुर, मुढे शनिश्चरे भएर पनि टुटे देउराली पुगिन्छ। चैनपुरबाट मादी हुँदै गए टिएमजे क्षेत्रकै मंगलबारेसम्म पनि सडक जोडिएको छ।

ताप्लेजुङतर्फबाट आउने हो भने फुङ्लिङदेखि दोभान हुँदै गुफासम्म आउन सकिन्छ। टिएमजेको वसन्तपुरबाट गुफा हुँदै जोरपोखरीसम्मै कच्ची सडक बनिसकेको छ। बासका लागि भने चौकी, मंगलबारे, गुफा लगायतका साना बजारमा लजको व्यवस्था छ।

२. इलाम कन्याम

कन्याम चियाबारी – चियाबारीको हरियालीसँगै प्रेम साट्न चाहने जोडीलाई पछिल्लो समय इलामको कन्याम अब्बल गन्तव्य मानिन्छ ।  थुम्का–थुम्कामा छाएको हराभरा चियाबारीबीच प्रेमलापको आनन्द लिन दिनहुँ दर्जनौं जोडी चियाबारीमा भेटिने गरेका छन् । मौसममा सुधार आएपछि असोजदेखि नै वर्षातको मौसम अघिसम्म यो क्रम निरन्तर चल्छ ।कन्यामको चिसो मौसम एकनासे सिरेटोबीच पारिलो घाम लाग्दा त्यहाँको आर्कषण नै छुट्टै हुन्छ । यहीं आनन्दमा प्रेम जोडीहरूको दिन चियाका बुट्टासँग लुकामारी खेल्दैमा बित्छ ।

तराईबाट गर्मी छल्न त्यहाँ आउनेहरूको संख्या धेरै हुन्छ । त्यसमा पनि तन्नेरी धेरै । चियाबारीले भरिएका हरेक डाँडाकाँडामा यस्ता जोडी भेट्न सकिन्छ । वनभोजका लागि पूर्वमै प्रख्यात यो स्थानले विस्तारै लभ जोडीको गन्तव्यको रूपमा समेत नाम कमाउन थालेको छ । पूर्वी तराई मात्र नभएर राजधानी र देशभरबाट पनि चियाबारीको आनन्दमा रमाउन युवा–युवती आइपुग्छन् । शनिबार कन्यामको रौनक अझ बेतोडको हुन्छ । शनिबार विदाको दिन पारेर सयौंको संख्यामा वनभोज टोली गाडी लिएर डाँडैभरी भेलिएका हुन्छन् ।

यतिसम्मकी यहाँको चहल–पहल र रमाइलोले सारा गाउँ नै गुञ्जिएको हुन्छ । अन्य दिनमा पनि भीडभाड र होहल्लाले स्थानीय कृष्णाश्रम उच्च माविको पठनपाठन नै प्रभावित हुने गरेको छ । ठूलो क्षेत्रफलमा फैलिएकाले सुटुक्क गफ गर्न र आन्तरिक कुरा साट्न कसैको अवरोध नहुने भएकाले प्रेम जोडीका लागि कन्याम लभपार्क जस्तै बन्दै गएको छ । ‘कोहीकोही बेला त चियाको बुट्टामा जोडीहरू मस्त रमाइलोमा भेटिन्छन्’–बगानका एक पालेले भने–‘त्यसबेला नदेखेझैं हुनुपर्छ ।
‘यो पनि पर्यटक आकर्षणको माध्यम भएकाले नराम्रो मानिहाल्न भने मिल्दैन’–स्थानीय काजीमान कागते भन्छन्– ‘व्यवस्थित बनाउनु पर्ने खाँचो छ, तर अहिलेसम्म गर्न सकिएको छैन ।’ कन्यामसँगै करफोक, पशुपतिनगर, अन्तुलगायत क्षेत्रले पनि लभ जोडीलाई आकर्षण गर्ने क्रम बढ्दो छ । कन्याम आउनेमा युवा–युवतीकै संख्या धेरै भए पनि सबै उमेरकाको रोजाईंमा पर्ने गरेको छ । नव विवाहिता जोडीका लागि पनि सुन्दर ठाउँ देखाउने थलो बनेको छ कन्याम ।

कसरी पुग्ने 

पूर्वकाे केन्द्र इटहरीबाट बेलबारी , दमक , बिर्तामाेड हुदै चारअाली सम्मकाे ८१.४ किलाेमिटर यात्रा पार गरिसकेपछि सुरू हुन्छ इलामकाे यात्रा रमाइलाे डाडा काडा र हराभरा दृष्यहरू अवलाेकन गर्दै झापाकाे चारअालीबाट ३८.४ किलाेमिटर यात्रा तय गरेपछि इलामकाे पर्यटकिय नगरी कन्याम पुगिन्छ । भाैतिक पूर्वाधार तथा यातायातका साधनहरू गुडने फराकिलाे सडक भएकाे कारण निजि सवारी एवम साना र ठुला सवारीहरू समेत प्रयाेग गरेर साे स्थान अवलाेकन गर्न कसन्छ ।

३. भेडेटार

पूर्वी शहर धरानबाट अलिकति मात्रै उकालो लाग्ने हो भने त्यहाँको मौसमले चैत–बैशाखकै प्रचण्ड गर्मीलाई पनि बिर्साइदिन्छ । त्यसैले, कुनै वहाना चाहिदैन, फुर्सद हुनासाथ धरानेहरुको पहिलो गन्तव्य हो ‘भेडेटार’ । धनकुटा जिल्ला र सुनसरीको संमस्थल भेडेटार बजार धरानबाट मात्रै १६ किलोमिटर उत्तरमा छ । चर्को घामले शिर फुट्ला झै गरी धरान तात्तिरहदा त्यहि मास्तिरको भेडेटार भने छिनछिनमा वादलको घुम्टो ओडेर लुकामारी खेलिरहेको हुन्छ ।

चिसो महसुस गर्न त्यहाँ विजुलीबाट चल्ने पंखा वा एसी चाहिन्न । यस्तो बेला कस्को मन अडिएला धरानमा  फुर्सद भयो कि बच्चादेखि बुढा सम्मकाे गन्तब्य बनिन्छ भेडेटार । सडक एवं यातायातको सहज पहुँचले पनि सबैलाई भेडेटारले लोभ्याएको छ । खाने बस्ने राम्रो सुविधा भएको होटलहरु र आसपासमा २,४ वटा घुम्ने स्पट पनि थपिएकाे कारण यहाँ मनोरम प्राकृतिक दृष्य, हिमाल पडाड र तराईलाई यहाँबाट नियाल्न सकिन्छ ।’

समुन्द्री सतहबाट १४२० मिटर उचाईमा अवस्थित भेडेटार बजार धनकुटा जिल्लाको भेडेटार गाविसमा पर्छ । यो धनकुटा जिल्लाको प्रवेशद्धार पनि हो । धरानबाट नागवेली सडक हुदै उकालो चढ्दादेखि नै प्राकृतिक सौन्दर्यले सितलता प्रदान गर्छ, चिसो महसस हुन थाल्छ । भेडटार बजार छेउ पुगेपछि उभिएर यसो तलतिर नियाल्दा हरियाली डाँडाबीचबाट छिचोलेको नागवेली कोशी राजमार्गको सुन्दर दृष्यले मन त्यसै पुलकित हुन्छ ।

भेडेटार पुगिसकेपछि त्यहाँको मौसममा कफीमात्रै पिएर समय कटाउन मनले मान्दैन । त्यतिबेला तोम्बा, जाँडको निगार वा कोदोबाट बनेको लोकल रक्सीको स्वादले मन बुझाउन सकिन्छ । आफुलाई मन पर्ने खानेकुरा अर्डर बमोजिम पनि उपलब्ध हुन्छ । भेडेटार आसपासमा उत्पादन भएको ताजा फलफुल एवं तरकारी फर्कनेहरुको साथमा हुन्छ भने धनकुटा जिल्लामा मात्रै उत्पादन हुने नरिवाल बिस्कुट भेडेटारको कोसेली हुन्छ ।

भेडेटार बजारमा मात्रै मन अडिन नमाने नजिकैको शैलुङ्ग डाँडा चाल्र्स प्वान्टमा बनेको भ्यु टावरमा चढेर तराई, पहाड र आकाश खुलेको बेला हिमश्रृंखलाको दृष्यवलोकन गर्दा हुन्छ । अझ फुर्सद छ भने  किलोमिटर तलतिर सिम्सुवानमस्ते झरना पुगेर रम्न पाउदाको खुशी वयान गरी साध्यै हुन्न । भेडेटार पुगिसकेपछि अढाई किलोमिटर पूर्वको नाम्जे गाउँ र आत्मा बस्ने घर स्प्रिट अफ प्लेस० नपुगि फर्कदा मन चुकचुकाइरहनेछ । अमेरिकी समाचार संस्था सिएनएनले विश्वको उत्कृष्ट १२ आंै गन्तव्यमध्ये ८ औंमा राखेपछि शुरु भएको यो गाउँको चर्चा अझै सेलाएको छैन । यसबाहेक, भेडेटार नजिकैको ऐतिहासिक साँगुरी गढी, पाथीभारा मन्दिर पनि भेडेटारको पुग्नै पर्ने गन्तव्य हो । अहिले स्थानीयको पहलमा भेडेटारमा पार्क बनेको छ भने त्यहाँ बिशेष खालको शंखेश्वर मन्दिर पनि निर्माण भइसकेपछि यहाँको आर्कषण थपिइनेछ ।

कसरी पुग्ने

इटहरीबाट धरान हुदै २२ .६ किलाेमिटरकाे यात्रा तय भएपछि मनाेरम दृष्यहरू अवलाेकन गर्ने र चिसाे बाताबरणमा रमाउने स्थान भेडेटार पुगिन्छ । भाैतिक पूर्वाधार तथा यातायातका साधनहरू गुडने फराकिलाे सडक भएकाे कारण निजि सवारी एवम साना र ठुला सवारीहरू समेत प्रयाेग गरेर साे स्थान अवलाेकन गर्न कसन्छ ।

४. बराहक्षेत्र , विजयपुर

बराह् क्षेत्र –  कोशी अञ्चल सुनसरी जिल्लाको कोका कौशिकी तटमा रहेको बराह् क्षेत्र धाम प्राचिन बैदिक सनातनिहरुले मानिएको प्रसिद्ध चार क्षेत्र मध्येको एक क्षेत्र हो । धरानदेखि २८ किलोमिटर उत्तरपश्चिममा अवस्थित बराह क्षेत्र सुविख्यात तीर्थस्थलका रूपमा स्थापित छ। महाभारत महाकाव्य तथा पुराणहरूमा महिमा गाइएको कोकाहा र कोसी नदी संगममा पर्ने यो धार्मिक देवस्थल अनन्तकालदेखि पुजनीय रहँदै एक धार्मिक एवम तिर्थ स्थलपनि हाे ।

कथाअनुसार भगवान् विष्णुको दशावतारमध्ये तेस्रो अवतार बराहको उत्पति यही भएको थियो। यहाँ प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशी, माघे संक्रान्ति, ऋषि पञ्चमी, फागुपूणिर्मालगायत अन्य एकादशीहरूमा स्वदेशी एवं विदेशी तीर्थयात्रीहरूको मेला नै लाग्छ। बराह क्षेत्रमा लक्ष्मी, पाञ्चायनको बराह, सूर्य बराह तथा नागेश्वरलगायत नौवटा मन्दिर, छुट्टाछुट्टै मूर्ति एवं धर्मशालाहरू छन्। पश्चिम उदयपुर/सप्तकोसी र उत्तरमा अवस्थित धनकुटाको संगम स्थलका रूपमा समेत परिचित यो क्षेत्र सिमसार, वनजंगल तथा चराचुरुंगी आदिका कारण प्राकृतिक पर्यटकीय स्थलको प्रचुर सम्भावना बोकेको क्षेत्र पनि हो।

अझ प्रसंग के भने यस क्षेत्रमा प्रत्येक १२ बर्षकाे अवधिमा एक पटक एक महिना सम्म् महा कुम्भ मेला समेत अायाेजना हुने गर्छ । त्यसै पनि नेपालका चार धाम मुक्ति क्षेत्र, रुरु क्षेत्र, देवघाट र बराह क्षेत्रमध्ये एक प्रमुख धार्मिक पुण्यभूमिका रूपमा यो क्षेत्र सुविख्यात रहँदै आएको छ। यहाँ नदीकिनारको संगममा बसी केही समय ध्यान, जप/तप, दान एवं तर्पण मात्र गर्दा पनि अपूर्व शान्ति एवं वैभव प्राप्त हुने जनविश्वास छ।

कसरी पुग्ने

बराह क्षेत्र पुग्न झुम्का, पकली वा धरानबाट निजी वा सार्वजनिक सवारी साधन पक्रन सकिन्छ। बराह क्षेत्रमा धर्मशालाहरू छन् भने धरान, इटहरी आदि अन्य स्थानमा सुविधायुक्त होटल/लजहरू उपलब्ध छन्। १ दिन बराह क्षेत्र घुम्ने योजनाका साथ काठमाडौंबाट ३ दिनको समय मिलाएर ५/७ हजारको जोहो गरी हिँडे सजिलै बराहक्षेत्रको दर्शन अवलोकन गरी पुण्य आर्जन गर्न सकिन्छ।

भाैतिक पूर्वाधार तथा यातायातका साधनहरू गुडने फराकिलाे सडक भएकाे कारण निजि सवारी एवम साना र ठुला सवारीहरू समेत प्रयाेग गरेर साे स्थान अवलाेकन गर्न कसन्छ ।

५. काेशीटप्पू 

काेशीटप्पु कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। यो वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो। यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ। सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातीका चराहरू, २१९को संख्यामा दुर्लभ अर्ना र 12/12 वटा दुर्लभ डल्फीनसमेत पाईन्छ। नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने लक्ष्यले मध्यवर्ती क्षेत्रको घोषणा गरी, यस मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन २०६१ भदौ ३१ मा गरिएको हो।

मध्यवर्ती क्षेत्रको क्षेत्रफल १७३ वर्ग कि.मी रही ३ जिल्लाको (सुनसरी, सप्तरी, उदयपुर) १६ वटा गाउँ विकास समितिहरू समेटिएको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा ९ जना समिति सदस्य, १ जना समिति अध्यक्ष तथा १ सदस्य सचिव संरक्षण अधिकृत लगायत १३ सदस्यीय व्यवस्थापन समिति रहेको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलले विशेष गरेर आरक्ष वरिपरी रहेका प्राकृतिक श्रोतको संरक्षण र सदुपयोग, स्थानीय सामुदायिक विकास लगायत आरक्ष संरक्षणमा सहयोग र सल्लाहकारको भूमिका निर्वाह गर्ने गर्छन्।

यहाँ हरेक वर्षझैं विश्व सिमसार दिवस तथा दशौं राष्ट्रिय चरा महोत्सव मनाइन्छ। कोशी टप्पु वन्य जन्तु आरक्षण दक्षिण पूर्वी तराईको सुनसरी जिल्लामा सप्तकोशी को तमा अवस्थित छ। यो आरक्ष २०३२ साल (सन १९७६) मा लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी)हरूको संरक्षीत बासस्थानको रूपमा स्थापना भएको हो। कुल क्षेत्रफल १७५ वर्ग कि.मि. भएको यो आरक्षण नेपालको सबैभन्दा सानो आरक्षण हो। यसको दक्षिणी सिमामा सप्तकोशी नदीको बाँध रहेको छ। राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा र्साईवेरिया देखि घुमन्ते चराहरू आवत जावत गर्ने गर्दछन्, त्यति मात्र नभई यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ।

कसरी पुग्ने

इटहरीबाट इनरूवा हुदै सप्तकाेशीकाे यात्रापछि वा सुनसरीकाे इनरूवाबाट करीब २० किलाेमिटरकाे यात्रा तय गरेपछि पुगिन्छ काेशिटप्पू । भाैतिक पूर्वाधार तथा यातायातका साधनहरू गुडने फराकिलाे सडक भएकाे कारण निजि सवारी एवम साना र ठुला सवारीहरू समेत प्रयाेग गरेर साे स्थान अवलाेकन गर्न कसन्छ ।

६ . बेतना सिमसार क्षेत्र

मोरङ्ग जिल्लाका पर्यटकीय क्षेत्रको रुपमा विकास भएकाे बेतना सिमसार क्षेत्र पनि  पूर्वाञ्चलकाे प्रमुख पर्यटकिय स्थलहरू मध्येमा मानिन्छ । यस क्षेत्रमा दुई प्रजातिका बेत बनस्पतिको जंगलनै रहेकाले यसलाई बेतना भनिएको हो । चारकोशे झाडी भित्र उम्रिएको पानीले बर्षै भरी त्यहाँका ठूलाठूला पोखरी भरी भराउ हुने हुँदा यस क्षेत्रलाई संरक्षित सिमसार क्षेत्रको रपमा राखिएको छ । हिउँदका समयमा यस क्षेत्रमा रुसको साईबेरिया देखिका चराहरु आई यहाँको पर्यटकीय थलोलाई थप अगाडि बढाउन सफल बनाएको छ ।

तिनिहरु चिसो यामभरी त्यसै सिमसार क्षेत्रमा बस्ने, त्यसको छेउछाउका रुखहरुमा बच्चा हुर्काउने तथा त्यहाँ गर्मीयाम शुरु हुनासाथ पुनः हुर्काएका बच्चाहरु लिएर आप्mनो पुरानो बासस्थान तिर नै फिर्ने गर्दछन् । यहाँ प्रत्येक साल मंसिर देखि बैशाख हुँदै जेठसम्म सुन्दर चराचुरुङ्गीहरु देख्न पाईन्छ । करिब पच्चिस प्रजातिका दुर्लभ चराहरु, विश्वकै दुर्लभ प्रजातिका कछुवा, बिभिन्न जातका माछा, जीवजन्तु र वनस्पतिहरु यस भेगमा पाईने जंगलको बिचमा रहेको सिमसारको पोखरीले यस स्थानलाई मनमोहक बनाएको छ । वातावरण, पर्यावरण र जैविक विविधताको अध्ययन अनुसन्धान गर्न चाहने मानिसहरुका लागि समेत निकै महत्वपूर्ण रहेको छ ।

कसरी पुग्ने 

इटहरीबाट बिराटचाैक हुदै बेलबारी अाएपछि त्यहाबाट करीब २ किलाेमिटरकाे यात्रा तय गरेपछि पुगिन्छ बेतना सिमसार । भाैतिक पूर्वाधार तथा यातायातका साधनहरू गुडने फराकिलाे सडक भएकाे कारण निजि सवारी एवम साना र ठुला सवारीहरू समेत प्रयाेग गरेर साे स्थान अवलाेकन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया