काठमाडौं / हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडांैमै संक्रमितहरू भेटिएका छन् । उपत्यकाका १० ठाउँमा हैजा भेटिएको छ ।
डिल्लीबजार, सानेपा, बालाजु, कपन, कोटेश्वरलगायतका स्थानमा हैजा पुष्टि भएको छ । विशेष सावधानी नअपनाए स्थिति भयावह हुनसक्ने चेतावनीसमेत विज्ञहरूले दिएका छन् ।
हैजा के हो, कसरी लाग्छ ...
भैरहवा / रुपन्देही नेपालकै सबैभन्दा बढी काेराेनाभाइरस (काेभिड-१९)विरुद्धको खोप लगाउने जिल्ला रहेको पाइएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार नेपालका सरदर ९६ प्रतिशत लक्षित समूहले कोभिड विरुद्धको पहिलो खोप र ८५ प्रतिशत नागरिकले पूर्ण खोप लिए पनि रुपन्देहीमा यो तथ्यांक शतप्रतिशतभन्दा बढी छ । हालसम्म १२ वर्षभन्दा माथिका नागरिकहरुलाई कोभ...
काठमाडौं / पछिल्लो २४ घन्टामा नेपालमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५५ जनामा गरीएको परीक्षणबाट ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा १४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।
बारा / बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुरमा सञ्चालित प्रसूति गृहमा गर्भवती महिलाहरूको लागि सामान्य सुविधाको व्यवस्था नहुँदा विपन्न समुदायका महिलाहरू चर्को शुल्क तिरेर निजी क्लिनिक जान बाध्य छन् ।
प्रसूति गृहमा गर्भवती र सुत्केरी सेवा लिन जाने महिलाहरूको लागि शय्या, भिडियो एक्सरे तथा रगत तथ दिशा पिसाब परीक्षणको लागि आवश्यक ल्याबको समेत व...
लन्डन / तपाइँमा एउटा मात्र खुट्ट टेकेर केही बेर उभिने बानी छ कि छैन् ? यदि छैन् भने केही सेकेन्डका लागि भए पनि उभिने प्रयास गर्ने कि ? किनकी एउटा पछिल्लो अध्ययनले कम्तीमा १० सेकेन्ड एउटा खुट्टामा उभिन नसक्ने वयस्क व्यक्तिमा मृत्युको जोखिम हुने गर्छ । ब्रिटिश जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनमा यस्ताे दाबी गरिएको हो ।
बिनासहयोग उभिनेभन्दा साधार...
काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २८ तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा थप १० जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टाम...
काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणमा सोमबार २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एन्टिजेन र पीसीआर विधिबाट देशभर ३ हजार ९१४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । १ हजार ८६२ जनाको पीसीआर परीक्षण परीक्षण ग...
मोरङ / मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नोना कोइराला स्मिृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा नोबेलका डाक्टरहरुसँगै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । सो अवसरमा बोल...
महिनावारी भएका किशोरी वा महिलालाई निकै नै गाह्रो हुन्छ । प्रायःले यस्तो बेला प्याड प्रयोग गर्ने गर्छन् । अब भने विकल्पको रूपमा ‘मेन्सट्रुवल कप’ आएको छ । यो प्याडभन्दा निकै नै सजिलो र स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ। यो कप सुरुमा लाउँदा तपाईंलाई अलि अप्ठेरो र हल्का दुखे जस्तो होला तर पछि सजिलो र आरामदायी महसुस गराउँछ । यस कपलाई ४ देखि १० ...
भैरहवा / नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसंचार सेवा केन्द्र बुटवलले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदाता सम्मान कार्यक्रम गरेर मनाएको छ। १४ जुनलाई विश्वभर नै रक्तदाता दिवसका रुपमा मनाईदै आएको छ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान अभियान चलाएर बुटवलको परिचय बनेको बताए। रक्तदानबारे ज...