काठमाडौं / विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले निराशाजनक परिणामको सामना गर्नपरेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ । गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले ...
काठमाडौं / काठमाडौं महानगरपालिकाको ३२ वडामध्ये २७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना सकिएका २७ वडामध्ये १६ वटामा नेपाली कांग्रेस र ११ वटामा नेकपा एमालेले जित निकालेको छ । काठमाडौं महानगरपालिकाको कुनै पनि वडामा हालसम्म नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित निकाल्न सकेका छैनन् ...
काठमाडौं / काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो । काठमाडौं महानगरमा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा १ लाख ९१ हजार १२५ मत खसेको थियो । खसेको मतमध्ये हालसम्म १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ । ...
काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका छन् ।
जित–हारलाई मतगणना सकिएसँगै बिर्सिन र विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न उनले आग्रह पनि गरेका छन् । बालेनको अ...
पोखरा / पोखरा महानगरपालिकाको मतगणना सकिएको छ । मेयरमा गठबन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ विजयी भएका छन् । मेयरमा आचार्यले ६ हजार ४५ मतान्तरले एमालेका कृष्ण थापालाई हराउँदा उपमेयरमा गुरुङले ३ हजार ८ सय ८३ मतान्तरले कांग्रेसकी कोपीला रानाभाटलाई पराजित गरिन् ।
वडाध्यक्षमा कांग्रेसले बहुमत पाएको छ भने नगरसभा सदस्यमा एमालेको बह...
हुम्ला / हालै सम्पन्न स्थानीय तहकाे निर्वाचनमा हुम्लामा २०. ८९ प्रतिशत मत बदर भएको छ । सात गाउँपालिका रहेको हुम्लामा स्थानीय तह निर्वाचन-०७४ मा भन्दा यसपटक चार प्रतिशतभन्दा बढीले मत बदर भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएकाे छ ।
०७४ सालमा १६ प्रतिशत मत बदर रहेको थियाे । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार २०.८९ प्रतिशत मत बदर...
काठमाडौं / निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।
‘२०७८ चैत २५ गतेदेखि मुलुकभर लागू उक्त आचारसंहिता २०७९ जेठ १० गतेदेखि लागू नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ आयोगले आज जारी गरेको विज्ञप्तिम भनिएको छ ।
आयोगको परामर्शमा ...
पोखरा / पोखरा महानगरपालिका-१८ मा एमालेले नाै मत हराएको भन्दै पुनः मत गणनाको माग गरेपछि कांग्रेसले पनि काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ ।
वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफूसहित सदस्य उम्मेदवारलाई दबाबमा पारेर आफ्नो प्रतिकुल हुनेगरी नतिजा सार्वजनिक गरिएको आरोप लगाउँदै पुनः गणना माग गरेक...
बारा / बाराका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण गरेका छन् । यहाँका १५ वटै पालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनियताको सपथ लिएका हुन्स ।
निजगढ नगरपालिकाका नागर प्रमुख सुरथ पुरीले उपप्रमुख सोममाया थिङ्गसहित वडा अध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनियताको सपथ गराएका छन् । निजगढस्थित बैङ्गकुट सभा हलमा आयोजना गरिएको कार्यक्...
पोखरा / नेकपा एमालेका प्रतिनिधि मत गणना स्थलमा नआएपछि पोखराको मतगणना स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक पटक प्रतिनिधि पठाउन आग्रह गरे पनि मानेका छैनन् ।
एमालेले १८ नम्बर वडाको पुनः मतगणना सुरू नहुँदासम्म आफ्ना प्रतिनिधि नपठाउने जनाएको छ । ‘१८ नम्बर वडामा हामी तीन मतले हारेका छौं । त्यहाँ नाै मत हराएको छ,’ एमलेका पोखरा महानगर ...