इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलबाट हवाई उडान सुरु हुने

इलाम / इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट उडान सुरु हुने भएको छ । ८ फागुनदेखि इलाम काठमाडौं उडान हुने भएको हो । काठमाडौं–इलाम–काठमाडौं उडानको लागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ । साताको प्रत्येक आइतबार उडान गर्ने गरी नगरपालिका र तारा एयरलाइन्सको बीचमा सम्झौता भएको हो । नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौता अनुसार ...

मेडिकल सञ्चालकविरुद्ध गर्जँदै विद्यार्थी, मौनता साध्दै सरकार

इटहरी / मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुल गरिरहेको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलन गरिरहेका बेला कलेज प्रशासनले भने शनिबार चार जना अभिभावकहरुसँग पाँचबुँदे सहमति गरेको छ । विद्यार्थी संगठन र अध्ययनरत विद्यार्थीहरुको आन्दोलनकै बीच चार जना विद्यार्थीका अभिभा...

६० जना क्षमताको सुधारगृहमा ७३ बालबालिका, दुई वर्षदेखि मुद्दाकाे पालाे पर्खिँदै

बुटवल / भैरहवास्थित बाल सुधारगृहमा क्षमताभन्दा बढी बालक राखिँदा समस्या देखिएकाे छ । ६० जनाको क्षमता भएको सुधार गृहमा ७३ जनालाई राखिएको छ । झापादेखि रोल्पासम्म गरी १८ जिल्लाका बालक सुधारगृहमा छन् । धेरै बालक हुँदा उनीहरूलाई रात बिताउन पनि समस्या हुने गरेको छ । बाल सुधारगृहमा खाजा नास्ता, मनोपरामर्श, पठनपाठनको सुविधा पनि नभएको पाइएको छ । “बालगृह भ...

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति, विद्यार्थी आन्दोलन स्थगित हुने

विराटनगर / नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउँन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउँन तयार भएको छ । यसअघि प्रति विद्यार्थी मा...

संक्रान्ति पर्वमा मधेसमा छोरीलाई बिभेद

सप्तरी / संक्रान्ति पर्व विभिन्न जातजाति समुदायले छुट्टाछुट्टै तरिकाले मनाउने गरेका छन् । तराई मधेसमा मनाइने संक्रान्ति पर्वमा छोरीलाई भने विभेद गरेको पाइएको छ । राजविराज नगरपालिका-६ का सुमन देवले भनिन्, ´यो पर्वमा तिल, गुड, चामल, केरालाई मुछेर प्रसाद बनाइन्छ । प्रसाद कुलदेवतालाई चढाएर घरमा भएका हजुरबुबा, हजुरआमा, बुवाआमाले नाति छोरालाई सूर्य भ...

कोशी नदी किनार झाडीमा लगानी, वार्षिक लाखौं आम्दानी

सुनसरी / केही वर्षअघिसम्म सुनसरीको वराहक्षेत्रको वडा नम्बर-९ को प्रकाशपुर र राजाबास टोलको सप्तकोशी किनारमा सिसौ झाडी थियो । मानिस सो ठाउँमा सहज आवतजावत गर्न सक्ने अवस्था थिएन । तर समय फेरियो त्यही अनुत्पादक झाडी र बलौटे भूमि यति बेला त्यहाँका किसानको गतिलो आम्दानीको श्रोत भएको छ । उनीहरूले विशेष गरी माघे सङ्क्रान्तिमा खान प्रयोग हुने तरुल फलाएर लाख...

कोरोना संक्रमित चिनियाँ नागरिकलाई मेटल वक्समा राखिदै

काठमाडौ। कोरोना भाईरस लागेको आशंकामा चिनिया नागरिकहरुलाई त्यहाको सरकारले बन्धक बनाई गोप्य स्थानमा लगेर राखेको रहस्य खुलेको छ । चीनमा रहेको सियान सहरका बासिन्दाहरुलाई अबेर राती घरबाट निकालेर मेटलबाट बनाईएका बक्समा कोरेन्टाईन गर्न लगिरहेको भिडियोहरु सामाजिक संजालमा सार्वजानिक भएको छ । संक्रमितहरुलाई काठबाट बनाएको बेड र शौचालय प्रयोग गर्न दिएको समा...

एनआरएनएको निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा शेष घलेलाई

काठमाडौं / महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन समेत नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा संघका प्रमुख संरक्षक शेष घले समेतको समितिलाई दिइएको छ । दशौं महाधिवेशन तथा आइसीसीको नयाँ नेतृत्व चयनका लागि संघले घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको ...

मकर नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु

पाँचथर / पाँचथरमा मकर नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ । मकर नुहाउने क्रममा आज दिउँसो १२:४५ बजे जिल्लाको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो । बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाख...

मुगुमा नियमित हवाई सेवा सुचारु

मुगु / हिमाली जिल्ला मुगुमा एक साता अघिदेखि नियमित रूपमा हवाई उडान सुचारुमा आउन थालेका छन् । पुस महिनाको हिमपातले गर्दा हवाई उडानमा प्रभावित पारेको थियो भने केही हप्तापछि मौसममा सुधार आए लगत्तै मुगुमा हाल समिट, तारा, नेपाल एयरलाइन्सले नियमित रूपमा हवाई उडान भरेका हुन् । एक साता बढीसम्म रारा विमानस्थलमा हवाई जहाजले उडान नभर्दा यात्रु मर्कामा पर्...