विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द

पाल्पा / पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा विद्यार्थी भर्ना शून्य भएपछि एक विद्यालय बन्द गरिएको छ । सिद्ध प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गरिएको हो । रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा शाखा प्रमुख गुणाराम खनाललगायतको टोलीले अनुगमन पछि सो विद्यालय बन्द...

दुर्गमका विद्यालयमा विद्यार्थी भर्ना शून्य

बाजुरा / देशैभरि अहिले विद्यार्थी भर्ना अभियान चलिरहँदा प्रदेश नं ७ अन्तर्गत बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांश विद्यालयमा भने भर्ना संख्या प्रायः शून्य छ । विद्यार्थी भर्ना अभियान शून्य हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–२ छुद्दरीमा रहेको गंगा आधारभूत विद्यालयमा हालसम्म पनि एक जना विद्यार्थी भर्ना भएका छैनन् । गत शैक्षिक सत्...

प्रबिधिमैत्री बन्दै बेलबारीमा सामुदायिक बिद्यालय

बेलबारी । सामुदायिक बिद्यालयप्रति अविभाबकको आकर्षण दिन प्रतिदिन घटदै जान थालेपछि सामुदायिक बिद्यालयहरु प्रबिधिमैत्री बनाउन प्रतिष्पर्धा गर्न थालेका छन । सामुदायिक बिद्यालयले पढाईको गुणस्तर समेत बढाउन थालेका छन । बैशाख महिना बिद्यार्थी भर्ना अभियानका रुपमा मनाउने सरकारले निर्णय लिएसँगै शिक्षकहरु बिद्यालय नआएका बिद्यार्थी खोज्न ब्यस्त छन । सामुद...

निजी विद्यालयमा तालाबन्दी

भीमदत्तनगर / विद्यार्थी भर्नाको चाप बढिरहेका बेला बुधबार कञ्चनपुरको भीमदत्तनगरस्थित दुई निजी विद्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विद्यालयबाटै कापी, कलमको व्यापार गरेको भन्दै यहाँस्थित इन्टरनेशनल पब्लिक स्कुल र होली चिल्ड्रेन एकेडेमीमा तालाबन्दी गरेको हो । विद्यार्थी संगठनले दुवै विद्याल...

मासिक सय रुपैंयामा अध्ययन

संखुवासभा । संखुवासभाको खाँदबारीमा मासिक एक सय रुपैयाँमा अंग्रेजी माध्यमबाट पढाई हुने समता स्कुल सञ्चालमा आएको छ । यो वर्ष नर्सरी, एलकेजी, युकेजी र कक्षा–१, गरी चार वटा कक्षा सञ्चालन हुने स्कुलका प्रमुख सन्तोष श्रेष्ठले बताए । स्कुलले पहिलो वर्ष हरेक कक्षामा २५ देखि ३५ जनाका दरले विद्यार्थी भर्ना गराएको छ । नेपालमा २००१ बाट सुरु गरिएकोे समता स्कुल...

शुल्क नियन्त्रण गर्न शिक्षामन्त्रीको स्थानीय तहलाई आग्रह

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संस्थागत (निजी) विद्यालयले आफूखुशी लिइरहेको शुल्क नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । जनप्रतिनिधिसहित मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पोखरेलले संस्थागत विद्यालय शुल्क निर्देशिका, २०७२ को सीमामा रहेरमात्र निजी विद्यालयले शु...

सामुदायिक विद्यालयमा विद्यार्थी तान्दै प्राविधिक विषय

ललितपुर  अघिल्लो वर्षसम्म सेन्ट जेभियर्स विद्यालयमा अध्ययनरत छोरीलाई लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयमा भर्ना गर्न पुल्चोक इञ्जिनियरिङ क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीहरि थापा विद्यालय पुग्नुभयो । शैक्षिकसत्रको पहिलो महिना भएकाले अहिले देशभर विद्यालय भर्ना अभियान चलिरहेको छ । सामुदायिक विद्यालयमा भर्ना गर्न÷गराउन त्यहाँका शिक्षक...

कक्षा ११ र १२ काे परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने

भक्तपुर  ।  यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौंँले आयोजना गरेको गोष्ठीमा सहभागीले भक्तपुरमा परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्ने प्रतिबद्घता जनाएका छन् । नि...

पुस्तक नीति आउने

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तक नीति जारी गरिने बताउनुभएको छ । राष्ट्रिय पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले पुस्तक दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले विसं २०६९ मा प्रतिवेदन तयार भई थन्किएर बसेको नीतिलाई परिमार्जन गरी जारी तथा राष्ट्रिय पुस्तक परिषद् गठन गरिने जानकारी दिनुभयो...

निजी विद्यालय खारेजी माग

काठमाडौँ / कक्षा १ मा भर्ना भएका ३२ प्रतिशत विद्यार्थीले मात्र कक्षा १० सम्मको अध्ययन गर्ने गरेको पाइएको छ । अनेरास्ववियु(क्रान्तिकारी)ले आज यहाँ ‘वर्तमान शिक्षाका समस्या र चुनौती’ विषयमा आयोजना गरेको अन्तक्र्रियामा नेकपा निकट शिक्षक नेता गुणराज लोहनीले कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो, “६८ प्रतिशत बालबालिका बीचमा नै हराउने गरेका छन्, यसलाई कम गर्...