११ कक्षाको नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाको नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारी गरेकाे छ । गत वैशाख २९ गतेदेखि जेठ पहिलो सातासम्म सञ्चालन भएको परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सम्मिलित थिए । बोर्डका परीक्षा नियन्त्रकका अनुसार नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको बताएका छन् । कुनै प्राविधिक समस्या नआएमा दुई दिन भित्रमा जसरी पन...

मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित

विराटनगर / प्रदेशसभाको आज बसेको बैठकले ‘मनमोहन प्राविधिक विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । प्रदेश नं.१ को प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो विधेयक पारित गरियोस् भनि सदनमा प्रस्ताव पेश गर्नुभएको थियो । विधेयकको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपा...

जब क्याम्ब्रिजका संस्थापक नुवाकोटको दुर्गम क्षेत्रको आधारभुत विद्यालयमा कम्प्युटर बोकेर गए

नुवाकोट / क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडाले नुवाकोटको एक आधारभूत विद्यालयलाई आधुनिक कम्प्युटरसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेका छन् । आइतबार नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं. ३ पोखरीआलस्थित हस्तिकेश्वर बैयाकर्ण लिलाकर्ण आधारभूत विद्यालयमा नै पुगेर उनले विद्यालय तथा त्यह...

सुन्दरहरैचाको सिद्धार्थ र बालप्रतिभालाइ प्याब्सन लोक नृत्यको उपाधि

मोरङ । प्याब्सन जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका भित्रका दुई वटा स्कूलले जित्न सफल भएको छन । आधारभूततर्फ सुन्दरहरैचामा रहेको बालप्रतिभा र मावितर्फ सिद्धार्थ बोर्डिङ स्कूलले लोकनृत्य प्रतियोगिताको उपाधि जितेको हो । विराटनगरमा शनिबार राती सम्पन्न भएको उक्त प्रतियोगितामा सिद्धार्थले जिल्लाभरीको ३० वटा र बालप्रत...

सीटीईभीटीमा कर्मचारी आन्दोलन

भक्तपुर / प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् राष्ट्रिय कर्मचारी सङ्गठनका कर्मचारीले विभिन्न ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । सङ्गठनको संस्थागत हकहित र कर्मचारीहरुको वृत्ति विकासका सवालमा व्यवस्थापनसँग मौखिक र लिखित माग राख्दै आजदेखि कर्मचारीले सीटीईभीटीमा धर्ना दिएका छन् । राष्ट्रिय कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष तेजब...

चिकित्सा शिक्षाका स्नातक तहका प्रवेश परीक्षाको नयाँ मिति तय

काठमाडौँ / चिकित्सा अध्ययन संस्थानले चिकित्सा शिक्षाअन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको छ। संस्थानको आज बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले सो मिति तय गरेको हो । यसअघि ती परीक्षा यही भदौ २१, २२ , २३ र २४ गतेलाई तय गरिएका थिए । सर्वोच्च अदालतले सो म...

नेशनल एकेडेमीमा बालदिवस विशेष कार्यक्रम

धरान । राष्ट्रिय बाल दिवसका अवसरमा नेशनल एकेडेमी धरानमा विशेष कार्यक्रम सम्पन्न भएको छ । एकेडेमी अन्तर्गत स्थापित साहित्यिक क्लव र संगीत तथा नृत्य क्लवले संयुक्त रुपमा कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रममा एकेडेमीका कक्षा ११ र १२ विद्यार्थीहरुले नृत्य, गायन तथा कविता प्रस्तुत गरेका थिए । कक्षा ११ का सेजोल लिम्बु र विपाशा राईले नृत्य प्रस्तु...

बालदिवसका अवसरमा पिसजाेनमा विशेष कार्यक्रम (तस्विरहरू सहित)

इटहरी । राष्ट्रिय बाल दिवसका अवसरमा पिसजोन आवासीय मावि इटहरीमा विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरुले हाजिरिजवाफ, नृत्य, गायन तथा कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्कुलका प्रिन्सिपल केशवप्रसाद भट्टराईले आफुभित्र रहेको प्रतिभा प्रष्फुटन गर्न सहयोग पुगोस भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बत...

नेपाल शिक्षक संघ छथरको अध्यक्षमा टिका कार्की

तेह्रथुम / नेपाल शिक्षक संघ छथर गाउँपालिकाको अध्यक्षमा टिका कार्कीको अध्यक्षतमा तदर्थ समिती गठन गरीएको छ । कार्कीको अध्यक्षतमा ११ सदस्यीय तदर्थ समिती गठन गरीएको हो । छथर गाउँपालिकामा रहेका संघ आबद्ध शिक्षकहरुको भेलाले सचिव माधव भट्टराई उपाध्यक्षमा केदार कटुवाल,अम्बिका न्योपाने सचिवमा गोबिन्द भट्टराई,अर्थसचिव दिपक खनाल र चित्र चौहानलाई चयन गरेको छ...

बक्तृत्वकला प्रतियोगितामा कस्तुरी कलेजका सुरेन्द्र भण्डारी बने प्रथम

इटहरी / लायन्स, लियो क्लव अफ इटहरी ग्रीनसिटिले आयोजना गरेकाे बक्तृत्वकला प्रतियोगितामा कस्तुरी कलेजका सुरेन्द्र भण्डारी प्रथम भएका छन् । भाद्र २८ गते “समाज बिकासमा सामाजिक संस्था को भुमिका" शिर्षकमा इटहरीको सुस्मा गोदावरी कलेजको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा कस्तुरी कलेजका सुरेन्द्र भण्डारी प्रथम भएका हुन् । ८ वटा बिद्यालयको सहभागिता रहेको उक्त ...