फेरी अनशन बस्दै डा. केसी

काठमाडौं / माग पूरा नभए कात्तिक १३ गतेबाट डा. गोविन्द केसीले अनशन बस्ने भएका छन् । सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले माग पूरा नभए देशको जुनसुकै कुनाकाप्चामा पुगेर अनशन बस्ने बताएका हुन । उनले माग पुरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने)अल्टिमेटम दिएका छन् । उनले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने...

तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित

भद्रपुर / तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार यहाँ सम्मान गरिएको छ । साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उहाँ सम्मानित हुनुभएको हो । सम्मानमा प्रमाणपत्रसहित उहाँलाई रु ११ हजार नगद प्रदान गरिएको थिय...

एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षाकाे नतिजा पुनःप्रकाशित

काठमाडौँ / काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ । असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै आज पुनः परीक्षाफल प्रकाशित गरेको हो । पहिलो नजिताबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ । विश्वविद्यालयका स्कुल अफ मेडिकल...

सुकुना मा. वि. कक्षा ११ काे परिक्षामा वाेड फस्ट

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयले हालै प्रकाशित कक्षा ११ को विज्ञान तथा सिभिल इन्जिनियरिङ तर्फकाे नतिजानमा आफ्नो दुई विद्यार्थीहरुले नेपालकै उत्कृष्ट नतिजा ल्याएर वाेड फस्ट भएको दावी गरेको छ । राष्ट्रिय परिक्षा बोर्डको परिक्षामा सुकुना माध्यमिक विद्यालयले विज्ञान तर्फ सन्देश गिरी तथा विशाल विमलीले ३.९३ जिपिए ...

‘शिक्षक पाल्न स्याउ बगैंँचा’

सुर्खेत / “मेरो एउटै सपना छ, विद्यालय बनाउने । जसका लागि मैले आफ्नो जीवनलाई विद्यालयको भविष्य निर्माणमा समर्पित गरिसकेको छु”, देउराली आधारभूत विद्यालय गोठीचौर–३ दामदासे हरिचाँगा जुम्लाका प्रधानाध्यापक जग्गुलाल प्याकुरेलले भन्नुभयो । यहाँका बालबालिकाको शिक्षा अवस्थाले अहिले पनि आफूलाई बस्न नदिएको प्रधानाध्यापक प्याकुरेलले भनाइ छ । सो विद्यालयमा र...

एमबीबीएस र बीडीएस तहमा निजी मेडिकल कलेजमा भर्ना अन्योल

काठमाडौँ / त्रिभुवन विश्वविद्यालय र काठमाडाँै विश्वविद्यालयले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र बीडीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखा परेको छ । एशोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले यथास्थितिमा ती तहमा नयाँ भर्ना नलिने घोषणा गरेसँगै निजी मेडिकल कलेजमा भर्ना अन्योल देखिएको हो ।...

कक्षा ११ को परीक्षाफल सार्वजनिक

काठमान्डाैं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको छ । देशभरबाट पाँच लाख नौ हजार ५२ परीक्षार्थी सहभागी भएको उक्त परीक्षामा तीन लाख ४९ हजार ६०३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । तीमध्ये दुई हजार ३१९ परीक्षार्थीले ३.६१ देखि ४ जीपीए, १३ हजार ७७२ परीक्षार्थीले ३.२१ देखि ३.६० जीपीए,...

बाढीमा दाउरासँगै बग्दै आउँछ स्कुलको खाजा

इटहरी / पुग नपुग पाँच फिटको उचाइ । शरीर भन्दा दुई गुणा ठुलो दाउरा बोकेर १३ वर्षीय रविन चौधरी कोशीको स्पर (बाध) माथि उक्लिँदै थिए । स्थानीय सरस्वती माविमा कक्षा ८ मा पढ्छन् चौधरी । बाढी आएको थाहा पाउने बित्तिकै घर नजिकै रहेको कोशीमा दाउरा निकाल्न उनी जान्छन् । भदौ अन्तिम साता मौसम प्रतिकुल थियो । पहाडी जिल्लामा पहिरोको गएको समाचार आइरहेको थियो ...

कक्षा ११ को नतिजा प्रकाशित

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले केहिबेर अघि कक्षा ११ नतिजा प्रकाशित गरेको छ । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

११ कक्षाको नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाको नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारी गरेकाे छ । गत वैशाख २९ गतेदेखि जेठ पहिलो सातासम्म सञ्चालन भएको परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सम्मिलित थिए । बोर्डका परीक्षा नियन्त्रकका अनुसार नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको बताएका छन् । कुनै प्राविधिक समस्या नआएमा दुई दिन भित्रमा जसरी पन...