इरानमा थप ३ प्रदर्शनकारीलाई मृत्युदण्ड

तेहरान / इरानमा हिजावसम्बन्धी नियम उल्लंघनको आरोपमा पक्राउपछि हिरासतमै मृत्यु भएकी महसा अमिनीको विषयलाई लिएर भड्किएको प्रदर्शन जारी छ । सरकारले सुरक्षा फौजका सदस्यको हत्यामा संलग्न रहेको आरोपमा प्रदर्शनमा सहभागी थप तीन जनलाई मृत्युदण्ड सुनाएको छ । तीन महिनाभन्दा बढी प्रदर्शनको सम्बन्धमा मृत्युदण्डको सजाय पाएका व्यक्तिहरूको कुल संख्या १७ पुगेको छ । ...

मस्कोबाट गोवाका लागि उडेको विमानमा बम राखिएको हल्लापछि गुजरात डाइभर्ट

गोवा / मस्कोबाट गोवाका लागि २२४ यात्रु सवार चार्टर्ड उडान गुजरातको जामनगरमा डाइभर्ट गरिएको छ । गोवा एयर ट्राफिक कन्ट्रोलरले विमानभित्र बमको धम्की पाएपछि विमान डाइभर्ट गरिएको  अधिकारीहरूले बताए । ‘सबै यात्रु र चालक दलका सदस्य (८) लाई सकुशल बाहिर निकालिएको छ र स्थानीय अधिकारी, प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरिरहेको छ’, प्रहरी महानिरीक्ष...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

जकार्ता / इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ । भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ । भूकम्पले पु–याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरुमा जन...

युरोपका धेरै देशमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च

न्युयोर्क / युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । आठ देशहरूमा राष्ट्रिय रेकर्डहरू  र अन्य तीन स्थानमा क्षेत्रीय रेकर्ड घटेका छन् । वारसा, पोल्याण्डमा आइतवार १८ दशमलब ९ डिग्री सेल्सियस  देखियो भने स्पेनको बिलबाओमा २५दशमलब १ डिग्री सेल्सियस कायम भएको छ जुन औसतमा १० डिग्री सेल्सियसभन्दा बढी हो । उत्तरी अमेरिकाले थप गम्भी...

अमेरिकामा मौरीका लागि विश्वको पहिलो खोप प्रयोग गर्न अनुमति

न्युयोर्क / अमेरिकाले मह उत्पादन गर्ने मौरीका लागि विश्वको पहिलो खोप प्रयोग गर्न स्वीकृति दिएको छ । खोप अमेरिकी फाउलब्रड रोगबाट हुने मृत्युलाई रोक्नको लागि विकसित गरिएको हो । खोपको विकास गरिरहेको बायोटेक कम्पनीका अनुसार अमेरिकाको कृषि मन्त्रालयले यस हप्ता खोपको लागि सशर्त इजाजतपत्र स्वीकृत गरेको छ । परागकणहरूको रूपमा माहुरीहरूले इकोसिस्टमका धेरै पक...

हुस्सुका कारण चीनमा सवारी दुर्घटना, १७ जनाको मृत्यु

बेइजिङ / पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । 'दुर्घटनामा १७ जनाको मृत्यु भएको छ र २२  जना घाइते भएका छन्, घाइतेहरूलाई अस्पताल पठाइएको छ’, सरकारी सञ्चार माध्यम सीसीटीभीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।  ठूलो सडक ट्राफिक दुर्घटना बिहान १ बजे नान्चाङ काउ...

इरानमा दुई प्रदर्शनकारीलाई मृत्युदण्ड

तेहरान / इरानले एक युवतीको हिरासतमा मृत्यु भएको विरोध प्रदर्शनका क्रममा अर्धसैनिक बलका एक सदस्यको हत्या गरेको अभियोगमा दोषी ठहरिएपछि शनिबार दुई जनालाई मृत्युदण्ड दिएको न्यायपालिकाले जनाएको छ । डिसेम्बरमा दुई पुरुषलाई मृत्युदण्ड दिइएको थियो, जसले विश्वव्यापी आक्रोश फैलाएको थियो । हिजाब विरोधी प्रदर्शनमा सहभागी भएकालाई पक्राउ गरी सरकारले विभिन्न मुद...

सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च

न्युयोर्क / डिसेम्बरमा लगातार नवौं मासिक गिरावटसँगै विश्व खाद्यान्नको मूल्य सहज भएको तर सन् २०२१ को  तुलनामा सन् २०२२ मा १४ प्रतिशतभन्दा बढि बढेको संयुक्त राष्ट्र खाद्य निकायले जनाएको छ । विश्वव्यापी रूपमा सबैभन्दा बढी व्यापार हुने खाद्य वस्तुहरूको अन्तर्राष्ट्रिय मूल्यहरू ट्र्याक गर्ने खाद्य र कृषि संगठन (एफएओ) को खाद्य मूल्य सूचकांक नोभेम्बरको सं...

युक्रेनसँग वार्ता गर्न पुटिनको यस्तो शर्त

किभ / राष्ट्रपति भ्लादिमिर पुटिनले किभले मस्कोले कब्जा गरेको क्षेत्रलाई रुसीको रूपमा स्वीकार गर्छ भने आफू युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । टर्कीका नेता रेसेप तैयप एर्दोगानलाई पुटिनले यस्तो शर्त राखेका क्रेमलिनले बिहीबार एक विज्ञप्तिमा भनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पुटिनले किभ अधिकारीहरूले नयाँ क्षेत्रीय वास्तविकताहरूलाई ध्यानमा राख...

अमेजनले १८ हजार कर्मचारी कटौती गर्ने

न्युयोर्क / अमेजनले १८ हजारभन्दा बढी कर्मचारी कटौती गर्ने योजना बनाएको छ, जुन कम्पनीको इतिहासमा सबैभन्दा ठूलो संख्या हो । कम्पनी हाल लागत बचत गर्न संघर्ष गरिरहेको छ । विश्वव्यापी रूपमा १५ लाख मानिसहरूलाई रोजगार दिएको अमेजनले रोजगार कटौती कुन देशमा हुनेछ भनेर केही उल्लेख गरेको छैन् ।  अमेजन फ्रेस र गो र यसको मानव संसाधन डिभिजनलगायतका पसलहरूबाट धे...