होसियार रहू युवती ! होसियार !!

होसियार रहू युवती होसियार ! किनकि तिम्रो शरीरउपर दागा धर्ने प्रशस्त नायकहरू चिनेको छु मैले तिम्रो लहलहाउँदो बैंसमाथि थुक निलेर नजर झार्ने थुप्रै बैंसालुहरू बुझेको छु मैले । तिम्रो भर्भराउँदो यौवनमाथि काँगा बनेका यथेष्ठ युवाहरू पाएको छु मैले तिम्रो शिष्टताप्रति अश्लील सुस्केरा बगाउने कैयौं कुटिलताहरू भेट्टाएको छु मैले । मान्छे नै मान्छ...

कथा “मौन स्विकृति ”

घडिको सुईले रातको बाह्र नघाई सकेकोछ । म ओछ्यानमा पल्टिएकीछु । म भित्र वग्रेल्ती कुराहरुको भेल उर्लिएकोछ । कहिले दायाँ कोल्टे फेर्छु । कहिले बायाँ कोल्टे फेर्छु । तै पनि मनमा शान्ति छैन । आज अचानक यस्तो छटपटी किन ? यो तनमा यति तिर्व प्यास किन ? शरीरको तापक्रम वढ्दो छ । गर्मिको आभास भईरहेकोछ । शरीरमा हाफ भेस्ट र क्वाटर टाईपको पातलो निलो रङ्गको...

पठनपाठनको अबको बाटो : चुनौती र अवसर

विश्व ब्यापीरुपमा फैलिएको कोरोना महामारीले यति बेला शिक्षा क्षेत्र पनि आक्रान्त बनेको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ताले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने हुनाले सावधानी अपनाउन सुझाउनुले अबका दिन अझ सकसपूर्ण आउदैनन् भन्न सक्ने अवस्था छैन । त्यसैले कोरोना महामारीको अन्त्य कहिले हुन्छ र बिगतमा जस्तै सहजरुपमा पठनपाठन अगाडी बढाउने अवस्था नदेखिएकाले...

साँढे र किर्नाको रजाइ

निम्न वर्गलाई चुहिने छानाभित्र कोचेर धनाढ्य उच्च वर्गका भनाउँदा शासकहरु पासका नाममा बिनाकाम कुकुरले पुच्छर हल्लाए सरि चिल्लो गाडीमा खै केके जाति हल्लाउँदै लखरलखर ओहोर दोहोर हिँडदै आधुनिक भव्य रङ्गीन महलमा विभिन्न सभा सम्मेलनमा भाग लिई राष्ट्रका ढुकुटी रित्याउन उत्प्रेरित हुँदै पथभ्रष्ट मनोवल धारि गिरोह डामेको साँढे विध्वंश मच्चाउँदै ...

दुखिरहन्छ मेरो देश

कसैका बुइ चढेर नेता उचालिएका हुन् वा कसैले फँसाउन मेरो देशमा पासा फिंजाएका हुन् बुझ्न सकिएन बिल्कुल देश र देश चलाउने अगुवा खालि मुटुभित्र पसेर दुखिरहन्छ कुटुकुटु मेरो देश । देशले नेता नजन्माएको हो वा नायकले नेपालभित्र नअटाउने गरी देशको नक्सा हराउन खोजेको हो मेटाउन खोज्दैछ मेरो राष्ट्रियता कसैले सम्झिनासाथ देश तरङ्गित बनेर एकैनास दुख...

लजाजु रुख र पातहरु

एकदिनको कुरा हो हाम्रोतिर वर्षा रोइरहेको थियो माथि आकाशतिर ढुङ्गा लडेर पहिरो गइरहेको थियो छानामाथि तिर मकैका फुल उठेर हाँडी पढ्किरहेको थियो खोरको खसी भोकाएर खाजा मागिरहेको थियो । त्यसैले खेतबारीतिर यसो गएकोमात्र के थिएँ देवकाले जन्मदिनमा रोपेका नेभारो र कदमका रुखहरु र चिनीचम्पाका पातहरु हावासँगै सुस्तसुस्त गीत गाउँदै र नाच्दै थ...

प्रशान्त विचरण

उच्छृङ्खल, क्षुद्रगलौज र तुच्छ विचारलाई सुन्न मन पराउँदैनन् मेरा दुवै यी कानहरू घृणा मानेर हरेक तिक्ततालाई नलेख् भनेर अराउँदैछन् मेरा जुम्ल्याहा मनहरू बरु जुरुक्क उठ्न हतारो लाउँछ अविलम्ब टिपोट गर्न झकझक्याउँछ पल्टिरहेको /सुतिरहेको एउटै मेरो सामथ्र्यवान् कलम सुन्नै नपरोस् भन्छ ऊ सारै लाजमर्दो मान्छ ऊ कसैको तिरस्कारयुक्त र तिक्तपूर्ण व...

अनौठा आँखा (कविता)

निमग्न छन् मग्न छन् आँखाहरू ठानौं अनौठा छन् मानौं मौन छन् उम्दा बैँसालुको रङमा झुलेर थुत्न खोज्छन् शुभ्र सौन्दर्यता चुस्न खोज्छन् सुटुक्क यौवन लालची आँखा कसैभित्रको मिठास चाहन्छन् घुट्क्याउन आसक्तिभित्रको आस्वाद तर जतिसुकै पानी पलाए पनि जिब्रामा जुठ्याउन सक्तैनन् लुकिसकेको माधुर्यता । हरेक प्राणीका ज्योतिपुञ्ज हुन्–आँखा हरेक मान्छेक...

“किन हटेनन् अझै बिभेदहरु ?”

रगत पसिनाले सिंचीत माटोमा अङ्कुरित बिज हुर्काउँदै, पल्लवित लोकतन्त्रको वृक्षमा गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर वीरताको अमर गाथा कोरेकाहरु, परिबर्तनको प्रतिफलबाट बन्चित भएर बाँचिरहेछन् , गुमनाम जिन्दगी ! जीवनोपयोगी शिक्षाबाट ठगिएर व्यापारिकरणको नङ्ग्राले चिथोरिएर ठालुहरुको होच्याइबाट थलिएर थिलथिलो भएका पाठशालाहरुले जन्माइरहेछन् , बेर...

विवाह, सुहागरात र विदेश

याेजना थिएन विहे गर्ने । बाबू अामाले कर गरे । बाध्यता पर्याे । तीन महिनाकाे छुट्टि थियाे । यताउता गर्दा गर्दै एक महिना बितिसकेकाे थियाे । घरकालार्इभन्दा पनि बाहिरकालार्इ चासाे बढी । छाेड्दै छाेडेन्न । केटी हेर्न जानू पर्याे । केटीकाे यति गुणगान गाए सुन्दै झर्काे लाग्ने । ठूला मान्छेकाे मान राख्न पनि जानै पर्ने बाध्यता थियाे । पहिलाे दिन यतिकै क...