संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिनेछ : प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् सदस्यले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिन नपाइने बताएका छन् ।  मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्मा रहेर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन नैतिकताको आधारमा पनि नपाइने बताएका हुन् ।  'मेरो क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज...

काम नै गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको छ : गृहमन्त्री

काठमाडौं / उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबार बैठकलाई सम्बोधन गर्दै उनले पूर्ववर्ती सरकारले काम नै गर्न नसक्नेगरी राज्यसंयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका हुन् ।   काम गर्नलाई कानुन पालनाभन्दा पनि आदेश पालना गर्ने अवस्था सृजना गर...

आजदेखि शहीद सप्ताह सुरु

काठमाडौं / मंगलबारबाट शहीद सप्ताह सुरु भएकाे छ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष १०-१६ माघसम्म शहीद सप्ताह मनाउने गरिएकाे छ । १० माघदेखि विभिन्न कार्यक्रम गरेर शहीद सप्ताहलाई मनाउने गरिन्छ । काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ । शहीद शक्रराज शास्...

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका प्रबन्धक चुँडाल अख्तियारको नियन्त्रणमा

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई नियन्त्रणमा लिएको छ । घुस रकम लिएको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका एक अधिकृतकाअनुसार विज्ञप्ती जारी गरेर चुँडाललाई सार्वजनिक गर्ने तयारी थालिएको छ ।

नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् ।  निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशिघ्र ल्याउनेगरी काम गर्न निर्देशन दिए ।  साथै एक महिनाभित्र  इटिकेटिङ प्रणाली लागू गर्न, त्रिभुवन विमानस्थलमा हुने चोरी रोक्न र ग्राउण्ड हेन्डेलिङ ग...

हरिबोल गजुरेल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

काठमाडौं / नेकपा माओवादीका नेता हरिबोल गजुरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन  । प्रधानमन्त्री प्रचण्डले सचिवालय विस्तार गर्ने क्रममा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।  उनी नेकपा माओवादीका उपमहासचिव पनि हुन ।

प्रदेश मन्त्रालय घटाउँदै छौँ, खर्चभार कटौती गर्छौँ : प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् ।  सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री...

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन् ।  २८५९ औँ साेनाम ल्होसारको अवसरमा काठमाडौंको टुंडिखेलमा आयोजित  समारोहलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले भने, ‘आजबाट सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ ह्योई/तावर ल्हो (बिरालो वर्ष) को पावन अ...

दुई युवकको अपहरणपश्चात् भारतमा हत्या

जनकपुरधाम / भारतको सीतामढीको बेला थानास्थित पर्सामा दुई नेपाली युवकको शव फेला परेको छ । उनीहरु जनकपुरधामका रहेका खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार  जनकपुरधाम उपमहानगरपालिकाका २१ वर्षीय रोहित साह र २२ वर्षीय विष्णु साहको शव भेटिएको हो । उनीहरु एकै परिवारका रहेका खुलेको छ ।  खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शव...

सुजन पौडेल प्रदेशस्तरीय युवा प्रतिभामा छनोट

भैरहव / रुपन्देही जिल्लास्तरीय युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम अन्तरगत भएको कार्यक्रममा सियारी-७ अमुवाका सुजन पौडेल प्रदेशस्तरीय कार्यक्रमका लागि छनौट भएका छन् ।  सियारी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा प्रथम हुँदै प्रदेशस्तरीय कार्यक्रमका लागि छनौट भएका हुन् । प्रतियोगितामा सियारी- ३ का निरङकर भुज द्वितीय भए भने सियारी ५ का स...