३२ मुद्दाले धानेको अख्तियारको जागिर ! ठूला मुद्दा प्रतिवेदनमै सीमित, शंकाको घेरामा सधै ‘साना माछा’

काठमाडौं / ९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आर्थिक वर्ष सकिएपछि १ साउनयता तीन महिनाको अवधिमा अख्तियारले सातवटा घुससँग सम्बन्धित मुद्दा दर्ता गरेको छ । १ साउनदेखि ५ असोजसम्म अख्तियारले २५ वटा मुद्दा विशेष अदालतमा दर्ता गराएको छ । अख्तियारमा...

ओलीको मुद्दामा सर्वोच्चले माग्यो सभामुख र निर्वाचन आयोगको सक्कल निर्णय

काठमाडौं / माधव नेपालसहित १४ सांसद र लुम्बिनी प्रदेशसभाका दुई सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले विपक्षीबाट सक्कल फाइल झिकाउने आदेश गरेको छ ।ओलीले विपक्षी बनाएका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीसँग न्यायाधीशद्वय दीपककुमार कार्की र चुमार चुडालको संयुक्त इजलासले सक...

‘म प्रधानमन्त्री भएको बेला यसरी पदक बाँडेको भए के हुन्थ्यो ? नागरिक समाजले के भन्थ्यो ?’

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी पदक बाँडेको भन्दै आक्रोश पोखेका छन् । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विरोध गर्ने सबै निकायलाई पदक दिएर पदककै बेइज्जत गरेको उल्लेख गरे । 'अस्तिको दिनको जस्तो पदक वितरण हामीले गरेको भए बा बा । अहिले निर्णय खारेज गर्ने अदालतलाई दिएको छ, बहस गर्ने वक...

एमाले सांसदको अवरोधबीच राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश

काठमाडौं / राष्ट्रिय सभाको सोमबारको दोस्रो बैठक कार्यसूचीमा प्रवेश गराइएको छ । सोमबार बैठक एमाले सांसदको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो । यसपछि दोस्रो बैठकमा एमाले सांसदले चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीमा प्रवेश गराएका हुन् । बैठकले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वी...

माओवादी केन्द्रमा अब अध्यक्ष र पदाधिकारीको चयन निर्वाचनबाटै

काठमाडौं / पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन नगरेको नेकपा माओवादी केन्द्र पनि निर्वाचित कार्यसमितिकै लाइनमा उभिएको छ । माओवादी केन्द्रले पनि कांग्रेस र एमाले जस्तै वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्र...

दशैंकाे मुखमा चिनियाँ नाकामा रोकिए नेपाली व्यवसायीका कन्टेनर

सिन्धुपाल्चोक / दशैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनर चिनियाँ नाका सीमापारि रोकिएका छन् । व्यापारीहरूले चीनबाट मगाएको चाडपर्व लक्षित सामान रोकिएको हो । नेपाल-चीन सडकमार्गमा सवारी आवागमन प्रभावित हुँदा सामान ल्याउन समस्या भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढकालले बताए । नाकामा सहजीकरण गर्न र व्यापार सहज बनाउ...

नेपालसहित १४ सांसदकाे पद खारेजी मुद्दाकाे आज पनि सुनुवाइ हुने

काठमाडौं / नेकपा एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो बहस नसकिएका कारण आज पनि सुनुवाइले निरन्तरता पाउने भएको छ ।...

भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास, जर्नेलको नेतृत्वमा तीन सय नेपाली सैनिक सहभागी

दार्चुला / भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा नेपाल र भारतका सेनाको संयुक्त सैन्य अभ्यास सोमबारबाट सुरु भएको छ ।‘१५औं सूर्यकिरण’ नाम दिएको उक्त संयुक्त अभ्यासमा आतंकवाद विरोधी अभियान र विपद् व्यवस्थापन अभियान सम्बन्धी दुबै देशका सेनाले अनुभव आदान प्रदान गर्ने बताइएको छ । नेपाली सेनाका महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टो...

सम्पादकीय -पूर्वेली न्यूज : ढुंगाको काप फोरेर उम्रिएको पिपल

इटहरी । मोफसल भन्नेबित्तिकै नाक खुम्च्याउने जनमानस, त्यसमाथि केन्द्रिय सुचनालाई मात्र विश्वास गर्ने भिड अनि केन्द्रिकृत बिज्ञापन प्रणालीका कारण केन्द्रभन्दा बाहिर मिडिया हाउस सञ्चालन गर्नु कम जोखिमपुर्ण काम थिएन । ग्रामिण भेगका कुना कन्दरा देखि झुपडी हुँदै महल र विश्व सम्मका दैनिकीलाई सुचना मार्फत एउटै साङलोमा जोडने हुटहुटीले सधै प्रेरित गरिरहन्थ्य...

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

काठमाडौं / नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको तर बाध्यता भएको बताएका हुन् । उनले जाने ढोका बन्द गरेपछि पार्टी फुटाएको स्पष्ट पारेका छन् ।नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयलाई संसद्‌मा कुरा उठाउन नपाइनेसमेत बताए । ‘सर्...