विस्फोटका घटनाप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमान्डाैं / संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले काठमाडौँका विभिन्न स्थानमा भएको बम विस्फोट र त्यहाँबाट भएको मानव जीवनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त आजका उपलब्धिको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढङ्गले अघि बढ्नुपर्ने बेला यस्...

प्रेस स्वतन्त्रतामाथि अंकुश सह्य हुन्न : उपप्रधानमन्त्री यादव

उपप्रधान, स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको अङ्कुश सह्य नहुने धारणा बताउनुभएको छ । जनकपुरधामबाट प्रकाशित हुने जनकपुर टुडेको २१औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री यादवले प्रेस स्वतन्त्रता लोकतन्त्रलाई मापन गर्ने थर्मोमिटर भएको प्रसङ्ग उल्लेख गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता मौलिक अधिकारक...

उपत्याकामा विप्लपको आतंक : ८ स्थानमा बम, ४ जनाको मृत्यु, ८ घाइते, ७ पक्राउ

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले विभिन्न स्थानमा बम विष्फोट गराएको छ भने उसका केही कार्यकर्ता बमसहित पक्राउ परेका छन् । आइतबार शान्त रहेको राजधानी काठमाडौं उपत्यका ४ बजेपछि एकाएक आतंकित बन्यो । लगातार बम विष्फोट र बम फेला परेका खबरहरु आएपछि उपत्याकाको जनजीवन त्रसित बनेको छ । प्रहरीका अनुसार आइतबार अबे...

मध्यरातमा काठमाडाैँमा बम आतंक ( ७ तस्विरहरू)

काठमाडाैँ । काठमाडाैँ उपत्यकाको ललितपुर जिल्दाको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको प्रहरीले जनाएको छ । फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन् ।बम राखिएका कारण अहिले लगनखेल बसपार्क खालि गराइँदैछ । प्रहरीले अहिले सर्वसाधारणलाई बम भन्दा...

गृहमन्त्रीद्वारा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन

काठमाडौँ / गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । काठमाडौँको दुई स्थानमा आज विस्फोटपछि आकस्मिकरुपमा गृह मन्त्रालयमा बसेको बैठकमा उहाँले घटनाबारे विस्तृत अनुसन्धान गर्न र सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुखलाई...

सुुकेधारा र घट्टेकुलोको भएको बिस्फोटमा तीन जनाको मृत्यु

काठमाण्डौ । काठमाडौंका दुई स्थानमा आइतबार अपरान्ह भएको विस्फोटमा मृत्यु हुनेमध्ये दुई जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार काठमाडौंको सुकेधारा र अनामनगरको घट्टेकुलोमा विस्फोट हुँदा तीन जनाको ज्यान गएको थियो । जसमध्ये बुढानिलकण्ठ नगरपालिका–४ को एक सैलुन पसलमा भएको विस्फोटमा पर्नेहरुको पहिचान खुलेको हो । प्रहरीका अनुसार ज्यान गुमाउनेमा हाल कप...

प्रदेश नं ३ को नाम ‘गौरीशङ्कर’ राख्न विज्ञहरुकाे सुझाव

काठमान्डाैं / प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् । प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रस्तावित नाममध्ये गौरीशङ्कर नाम उपर्युक्त हुने सुझाव दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश सांसद पशुपति चौलागाईं, पूर्वमन्त्री गणेश शाह, प्रदेश सांसदद्...

संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने : अध्यक्ष यादव

विराटनगर / उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताउनुभएको छ । समाजवादी पार्टी नेपालद्वारा आयोजित प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले विभेदको अन्त्य, संविधानमा रहेको त्रुटि सच्याउन र समावेशी बनाउन मात्र सरकारमा समावेश भएको प्रष्ट पार्नुभयो । समाजवा...

भारत नेपालको विकास भएको हेर्न चाहन्छ : भाजपा बरिष्ठ नेता आड्वाणी

नयाँ दिल्ली / भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता लालकृष्ण आड्वाणीले नेपाल–भारत सम्बन्ध जति निकट र सुमधुर हुन्छ त्यति नै दुवै देशलाई फाईदा हुने स्पष्ट पारेका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले आड्वाणी निवासमा पुगेर गरेको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘नेपाल र भारतबीच आर्थिक, सामाजिक र राजनीतिक रुपमा गहिरो सम्बन्ध ...

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ : वरिष्ठ नेता नेपाल

काठमान्डाैं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिनुभयो । प्रेस सङ्गठनले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा...