मध्यपुरथिमिको उद्योगमा आगलागी

भक्तपुर / स्यानेटाइजरलगायत विभिन्न रसायन बनाउने एक उद्योगमा मंगलबार साँझ आगलागी भएको छ। मध्यपुरथिमि नगरपालिका–६ स्थित युनाइटेड नेपाल केमिकल प्राइभेट लिमिटेडमा साँझ ६ बजेदेखि आगलागी भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। भक्तपुर र ललितपुरको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ। साँझ आ...

कोरोना सङ्क्रमितबाट जन्मिएको शिशुको मृत्यु

नेपालगञ्ज / नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । भेरी अस्पतालमा भर्ना हुुनुभएका रुकुम चौरज...

इन्जिनीयर साह रङ्गेहात पक्राउ

काठमाडौँ / नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो । अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठ...

विशेष तालिम प्राप्त जोजो कुकुरले फेला पार्याे गाेंगबुमा बरामद शवको टाउको

काठमाडौँ । गाेंगबुमा आइतबार सुटकेशभित्र टाउको र खुट्टा काटिएको अवस्थामा शव भेटिएको थियो । चिकित्सकका अनुसार उक्त शव करिब ४० ४५ वर्षे रहेको अनुमान गरिएको थियो तर टाउको नभेटिएपछि यकिन गर्न कठिन भएको बताइएको छ । प्रहरीले शवको टाउको र बाँकी भाग खोज्न तालिम प्राप्त कुकुर जोजो खटाएको थियो । विशेष तालिम प्राप्त जोजो नामक ट्याकर कुकुर प्रहरीले २०७४ सालमा ...

प्रधानमन्त्री ओलीद्वारा अयोध्या धामको मास्टर प्लान बनाउन निर्देशन, माडी नगरपालिकाको नाम फेरेर अयोध्यापुरी राख्न सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्योध्या धामको मास्टर प्लान बनाउन चितवन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । उनले टेलिफोनमार्फत माडीका जनप्रतिनिधिहरुलाई बालुवाटार बोलाएर भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दावी गर्दै यस्तो निर्दशन दिएका हुन् । उनीहरुसँग प्रधानमन्त्री ओलीले करिब २ घण्टा छलफल गरेका थिए । ‘रामको जन्भभूमि अयोध...

बेलबारीका १६ जनाको स्वाब परिक्षण

बेलबारी । कोरोना संक्रमित बढदै गएपछि शुक्रबार बेलबारीका १६ जनाको स्वाब परिक्षण गरिएको छ । स्वाब परिक्षण गरिएकोमा प्रहरी ६ जना, एकजना कैदी, नापी कार्यलयका ३ जना कर्मचारी, बिद्युत प्राधिरणका ३ जना कर्मचारी र क्वारेन्टाईनमा बसेका ४ जनाको स्वाब सेम्पलका लागि धरान पठाईएको स्वास्थ्य शाखा बेलबारीका कर्मचारी सन्तोष बिकले जानकारी दिएका छन ।

युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान

काठमाडौँ / युट्युबलगायत अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ । बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यवहार नगर्न र पत्रकार आचारसंहिताको ख्याल गर्न आग्रह गरेको हो । सङ्घका ...

‘हेर्दाहेर्दै छोरालाई चितुवाले लग्यो’

तनहुँ / बुधबार राति ८ बजे तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारकी कृष्णमाया राना छोरासँग घरको पिढीमा बसिरहेकी थिइन्। डेढ वर्षीय छोरा नारायण रानाले कट्टुमा पिसाब फेरेपछि कट्टु फेरिदिनका लागि कृष्णमाया घरभित्र पसेर बाहिर निस्कदा नारायणलाई चितुवाले झम्टियो । कृष्णमाया आत्तिइन्, चिच्याइन् तर केही सीप लागेन । “हेर्दाहेर्दै चितुवाले छोरालाई झम्टिएर लगिहा...

चन्द समूहका जिल्ला सेक्रेटरीसहित चार पक्राउ

रुकुमपश्चिम / नेत्रविक्रम चन्द समूह नेकपाका रुकुम(पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित चार जनालाई पक्राउ गरेको हो । लुकीछिपी कार्यक्रम गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको मुसीकोट नगरपालिका–६ का ३९ वर्षीय ...

मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

तनहुँ / दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहनुभएका पत्रकार राजु श्रेष्ठको उपचारका लागि देश विदेशबाट आर्थिक सहयोग जुट्न थालेको छ । पत्रकार श्रेष्ठ उपचारका लागि आर्थिक स्रोत जुटाउन नसक्दा छट्पटिँदै आएका थिए । बिहीबार मात्रै अष्ट्रेलियामा रहँदै आउनुभएका तनहुँवासीद्वारा गठित संस्था अष्ट्रेलिया समाजले पत्रकार श्रेष्ठको उपचारका लागि रु एक ...