ध्वनिभन्दा पाँच गुणा द्रुत गतिको विमानको परीक्षण उडान

काठमाडौं / संसारको सबैभन्दा ठूलो विमान आरओसी (रक) को परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ । गत आइतबार विमानको पहिलोपटक परीक्षण उडान गरिएको हो । विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । विमान निर्माता कम्पनी स्टे«टोलन्चका अनुसार यो विमान २३,५०० फिटको उचाइसम्म पुगेको थियो । ...

ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले अब काम नगर्ने

न्युयोर्क / मंगलबार (भोलि) देखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने भएका छन् । अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्ल्याकबेरी १०, ७.१ ओएस र त्यसअघिका मोडलले काम गर्ने छैनन् । यसको अर्थ एनड्रोइड सफ्टवेयरमा नचल्ने ब्ल्याकबेरीका सम्पूर्ण पुराना डिभाइसले डाटा प्रयोग नगर्ने, मेसेज टेक्स्ट मेसेज...

क्लासिकटेकले आफ्रना ग्राहाकहरूलाइ निशुल्क ६५०% ब्यान्डविथ अपग्रेड गर्याे

काठमान्डाैं / देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निशुल्क रूपमा आफ्रनाे ग्राहकहरूलाइ ६५० प्रतिशत ब्यान्डविथ अपग्रेड गरेकाे छ । क्लासिकटेकले आफ्रनाे ग्राहकहरूलाइ निशुल्क १५० Mbps देखी ३००Mbps सम्म अपग्रेड गरेकाे हाे । प्याकेज अपग्रेड पशचात पुरानै शुल्कमा आमप्रयाेगकर्ताहरूले हाइ स्पिड इन्टरनेटकाे अनुभब लिनुहुनेछ भन्ने ह...

नेपालमै पहिलाे पल्ट क्लासिक टेकले ल्यायाे नेक्स्ट जेनेरेशनकाे प्रविधी वाइफाइ ६

काठमान्डाैं / क्लासिक टेकले नेपालमै पहिलाे पल्ट नेक्स्ट जेनेरेशनकाे प्रविधी वाइफाइ ६ काे साथमा TACHON 1 Gbps इन्टरनेट सेवा भित्राएकाे छ । नेपालमा सन् २००९ देखी शुभारम्भ भएकाे देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेक्स्ट जेनेरेशनकाे प्रविधी वाइफाइ ६ काे साथमा TACHON 1 Gbps इन्टरनेट सेवा शुभारम्म गर्ने तयारी गरिरहेकाे जना...

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा बिपिन कार्की नियुक्त

काठमान्डाैं / नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा कलाकार बिपिन कार्की नियुक्त गरेको छ । ब्राण्ड एम्बेस्डर नियुक्त सम्बन्धि सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी र कलाकार बिपिन कार्कीले हस्ताक्षर गर्नुभएको छ । लोकप्रिय अभिनेता बिपिन कार्कीका छाड्के, पशुप...

घट्ने भयो मोबाइल कलको शुल्क, १० पैसामा कुरा गर्न सकिने

काठमाडौं | नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधि कार्यान्वयनका लागि निर्देशन दिएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणको कात्तिक २९ गते बसेको बोर्ड बैठकले सेवाप्रदायकलाई हाल लिँदै आएको शुल्कको तुलनामा ४४ पैसा सस्तो बनाउने गरी तयार पारिएको ‘अन्तरआवद्धता निर्देशिका २०७६’ माघ १ गतेबाट कार्यान्वयन ल्या...

डिशहोमको रिचार्ज गर्दा फाइबरनेट सित्तैमा

डिशहोमले आफ्ना ग्राहकहरुलाई १० एमबीपीएसको इन्टरनेट निःशुल्क दिने भएको छ । कम्पनीले डिशहोमको रिचार्ज गर्ने ग्राहकलाई १० एमबीपीएसको डिशहोम फाइबरनेट उपलब्ध गराउने भएको हो । डिशहोमको रिचार्जमा इन्टरनेट सित्तैमा योजना अन्तर्गत कम्पनीले इन्टरनेट प्रदान गर्न लागेको जनाएको छ । यस योजना अन्तर्गत डिशहोम ग्राहकले मासिक ६ सय रूपैयाँमा १० एमबीपीएसको डिशह...

प्रदेश १ मा एनसेल प्रयाेगकर्ताहरूले फोन नलाग्ने, आफै काटिने जस्ता समस्याहरूका कारण खेप्नु पर्याे सास्ती

इटहरी / प्रदेश १ मा एनसेल प्रयाेगकर्ताहरूले आज  बिहानैबाट फोन नलाग्ने, आफै काटिने जस्ता समस्याहरू देखिए कारण एनसेल प्रयोगकर्ताहरूले सास्ती खेप्नु परेको छ । प्रदेश १ मा आज बिहानैदेखि एनसेलकाे नेटवर्कमा समस्या देखिएकाे कारण एनसेल प्रयोगकर्ताहरूले सास्ती खेप्नु परेको हाे । सुनसरीको दुहबीमा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि एनसेलकाे नेटवर्कमा समस्या द...

तीन जिल्लाको संगम ‘पातिहाल्ने’मा टेलिकमको सेवा

बागलुङ / तीन जिल्ला बागलुङ, रोल्पा र रुकुमको संगम हो तिलाचन धुरी । मध्यपहाडी लोकमार्ग विस्तार र स्तरोन्नती भएपछि तिलाचन धुरी पर्यटकीय गन्तव्यको रुपमा विकास भैरहेको छ । कुनै दिन चराचुरुङ्गी, जंगली जनावर र गोठालाको मात्रा चहल पहल हुने तिलाचान धुरीमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि तीन जिल्लाको दृश्य अवलोकन गर्न रुची राख्ने आन्तरिक पर्यटक त्यहाँ पु...

फेसबुकले परिवर्तन् गर्याे आफ्नो प्यारेन्ट कम्पनीको नाम

काठमाण्डाै / फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । फेसबुकको परिवर्तन गरिएको नाम मेटा राखिएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गर्नुभएको हो । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्...