सौराहामा धान दिवस (फोटो फिचर सहित)

चितवनको रत्ननगरस्थित सौराहामा बिहीबार धान दिवसमा रोपाइँमा रमाइलो गर्दै स्थानीयवासीका साथमा अतिथिहरु । तस्बिर :   रासस

नदी उत्खनन

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा गैरकानुनीरुपमा नदी उत्खनन् गरी ढुङ्गा र बालुवा निकाल्दै । यसरी नदी उत्खनन गर्दा नजिकको बस्ती खतरामा परेको छ । तस्बिर : धु्रबसागर शर्मा, रासस, बेनी म्याग्दी

मतपेटीकाहरु लग्दै

दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएसंगै भोक्राहा गाउपालिकाका मतपेटीकाहरु मतगणना स्थल तर्फ लग्दै । तस्बिर : अजितकुमार झा, इनरुवा, रासस

म्याग्दीमा टिमुरका बिरुवा

बेनीस्थित जिल्ला वन कार्यालयको नर्सरीमा उत्पादित मसलेदार फल टिमुरका बिरुवा उपभोत्तालाई वितरण गरिँदै । म्याग्दीमा यस वर्ष ३५ हजार टिमुरका बिरुवा उत्पादन भएको छ । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

इलाममा बिरामीले मतदान

इलामको फाकफोकथुम गाउँपालिकाको सिंहदेवी मावि मतदान केन्द्र ‘ख’ मा स्ट्रेचरमा बिरामीलाई मतदान गर्न ल्याइँदै । तस्बिर : गोविन्द लामिछाने, इलाम, रासस