जामुनखाडी सिमसार क्षेत्रमा मयुर

झापाको कनकाई नगरपालिकाको जामुनखाडी सिमसार क्षेत्रमा पालिएको मयुर । यहाँ दुर्लभ वन्यजन्तु संरक्षण गरिएको छ । तस्बिर : सुरेन्द्र भण्डारी, सुरुङ्गा(झापा), रासस

काठको पुल भाँचिदा एकको मृत्यु

जाजरकोट त्रिवेणी नलगाड–३ मा काठको पुल भाँचिएर खोलाले बगाउँदा ४३ वर्षीय हुमबहादुर परियारको मृत्यु सोमबार साँझ भएको छ । तस्बिर : हेमन्त केसी, जाजरकोट, रासस

कटहर

काभ्रेपलाञ्चोक जिल्लाको बनेपास्थित चाँदनीचोकमा बिक्रीका लागि राखिएको कटहर । तस्बिर : पेमा लामा, काभ्रे, रासस

पिण्डेश्वर बाबाधाममा जल चढाउन पालो कुर्दै भक्तजन

पिण्डेश्वर बाबाधाम धरानमा साउनको पहिलो सोमबार जल चढाउनका लागि मन्दिरमा पालो कुर्दै बोलबमका भक्तजन । तस्बिर : याम प्रधान, इटहरी,रासस

बाढीले छत्तिवने खोलाको पुल बगाएको

रामेछापको लिखु गाउँपालिका-६ खिम्तीस्थित छतिवन टोलमा शनिबार राति आएको बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । तस्बिरः गोकर्णप्रसाद भण्डारी, चरिकोट, रासस

हरियो चुराको व्यापार वृद्धि

साउन महिना शुरु भएसँगै राजधानीमा हरियो रङका चुरा र पोतेको किनबेच बढ्दै । हिन्दू नारीले साउन महिनाभर हरियो चुरा र पोते लगाउने गर्छन् । तस्बिर : प्रदीपराज वन्त, रासस

झापामा धान रोप्दैै विद्यार्थी (फोटो फिचर सहित)

झापामा अध्ययनरत विद्यार्थी धान रोप्दै । उनीहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालयले धान रोप्न सिकाएको हो । तस्बिर : सुरेन्द्र भण्डारी, सुरुङ्गा(झापा), रासस

प्रहरी जवान छनौट

चितवनको भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा प्रहरी जवान भर्नाका लागि छनौट गरिँदै । तस्बिरः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

जोखिम मोलेर खोला तर्दै

पुल नहुँदा वर्षाको भेलमा जोखिम मोलेर रुकुमको मुसिकोट–११ मा प्रितिबाङ्ग खोला तर्दै सवारी साधन । तस्बिर : लोकेन्द्र खनाल, रुकुम, रासस

स्वास्थ्य स्वयम्सेविकालाई साइकल

झापाको वाह्रदशी गाउँपालिका राजगढ इलाका स्वास्थ्य चौकीका दस जना महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रदान गरेको साइकलको साथमा अध्यक्ष खड्गप्रसाद राजवंशी । तस्बिर : सुरेन्द्र भण्डारी, सुरुङ्गा(झापा), रासस