मालीकाको स्लेट ढुङ्गा

म्याग्दीको मालीका गाउँपालिका २ रुमको खानीबाट निकालेर बजार पठाउन सङ्कलन गरिएको स्लेट ढुङ्गा । घर छाउन र भुइँमा बिछ्याउन प्रयोग हुने स्लेट ढुङ्गा यहाँको आयस्रोत रहेको छ । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

गोरखामा १० प्रतिशत रोपाइँ

गोरखाको सिरानचोक ६ गाँखुको महटारस्थित दरौंदी फाँटमा रोपाइँका लागि बीउ काढ्दै महिला । गोरखामा अहिलेसम्म १० प्रतिशत खेतमा मात्र रोपाइँ भएको छ । तस्बिर : प्रशन्न पोखरेल, गोरखा, रासस

चितवन राष्ट्रिय निकुञ्जमा गोही

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा रहेको घडियाल गोही । यहाँका गोहीका बच्चाहरु एक बर्ष नपुग्दै मर्ने थालेपछि अनुसन्धान थालिएको छ । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

कृषक हिलो छ्याप्ने होडबाजीमा

बागलुङ नगरपालिका–३ कृषि गाउँका किसान धान दिवसका अवसरमा एक आपसमा हिलो छ्यापेर रमाइलो गर्दै । तस्बिर : रामबहादुर थापा, बागलुङ, रासस

अपहरण गरेको विमान सङ्ग्रहालयमा

प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन सफल बनाउन पैसा जुटाउने उद्देश्यले नेपाली काँग्रेसले वि सं. २०३० जेठ ३० गते विराटनगरबाट काठमाडौँ आउँदै गरेको तत्कालीन शाही नेपाल वायुसेवा निगमको यो विमान अपहरण गरी नेपाल राष्ट्र बैंकको पैसा कब्जा गरेको थियो । दुर्घटनामा परेर धुजा धुजा बनेको यो विमान बिपी सङ्ग्रहालयमा ल्याई पार्टपूर्जा बनाएर अवलोकनका लागि राख्ने त...

असारे गीतसँगै रोपाइँ

बागलुङ नगरपालिका–३ कृषि गाउँका किसान धान दिवसका अवसरमा मादलको तालमा असारे गीत आउँदै धान रोपाइँ गर्दै । तस्बिर : रामबहादुर थापा, बागलुङ ,रासस

म्याग्दीमा धान रोपाइँ

म्याग्दीको मंगला गाउँपालीका–२ रनवाङमा धान रोपाइँमा व्यस्त कृषकहरु । असार १५ सम्म म्याग्दीमा २५ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

सौराहामा धान दिवस (फोटो फिचर सहित)

चितवनको रत्ननगरस्थित सौराहामा बिहीबार धान दिवसमा रोपाइँमा रमाइलो गर्दै स्थानीयवासीका साथमा अतिथिहरु । तस्बिर :   रासस

नदी उत्खनन

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा गैरकानुनीरुपमा नदी उत्खनन् गरी ढुङ्गा र बालुवा निकाल्दै । यसरी नदी उत्खनन गर्दा नजिकको बस्ती खतरामा परेको छ । तस्बिर : धु्रबसागर शर्मा, रासस, बेनी म्याग्दी

मतपेटीकाहरु लग्दै

दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएसंगै भोक्राहा गाउपालिकाका मतपेटीकाहरु मतगणना स्थल तर्फ लग्दै । तस्बिर : अजितकुमार झा, इनरुवा, रासस