कृषकलाई बाख्रापालनमा अनुदान सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका बादुँकमा कृषकले पालेको बाख्रा । कालिगण्डकी करिडोरस्थित बेगखोलाका कृषक व्यवसायिक रुपमा भेडा र बाख्रापालमा सक्रिय भएपछि जिल्ला पशुसेवा कार्यालयले गोठ, चरनक्षेत्र सुधार लगायतको अनुदान सहयोग गरेको छ । तस्बिर : धु्रबसागर शर्मा,बेनी,म्याग्दी, रासस

अवरुद्ध सडक खुलाउने प्रयास

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा गुइँठेभिरबाट खसेको पहिरोले अवरुद्ध भएको सडक डोजरको सहायताले पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिँदै । तस्बिरः कमल खत्री, म्याग्दी,रासस

मार्चे लेकमा चौँरीगाई

मुस्ताङको थासाङ गाउँपालिका–२ मार्चे लेकमा पालिएका चौँरीगाई । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

पहिरोबाट जोखिम क्षेत्र

चितवनको नारायणगढ–मुग्लिन सडकको पहिरोग्रस्त क्षेत्रमा आवतजावत गर्दै सवारीसाधन । सडकका २९ स्थान पहिरोको उच्च जोखिममा रहेको छ । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

पुल नहुँदा सास्ती

तेह्रथुमको म्याङलुङ्ग–सक्रान्तिबजार सडकको खोरुंगा खोलाबाट जोखिम मोलेर आवतजावत गर्दै सवारी साधन । चार वर्षदेखि सञ्चालन भएको यातायात सेवा पुल नबन्दा वर्षाका कारण छ महिना ठप्प हुने गरेको छ । तस्बिर : प्रकाश धौलाकोटी, तेह्रथम, रासस

निरीक्षण भ्रमण

प्रधान सेनापति श्री राजेन्द्र क्षत्री श्री रणभिम गणको निरीक्षण भ्रमण गर्नुहुँदै । तस्बिर : नेपाली सेना÷रासस

तीन पुस्तादेखि डोकाको व्यापार

तीन पुस्तादेखि डोका, छाप्रा र भकारी बनाएर व्यापार गर्दै आएका डडेल्धुरा अमरगढी नगरपालिका–६ का ज्ञानबहादुर पार्की । तस्बिर : शेरबहादुर सिंह, डडेल्धुरा, रासस

घण्टाकर्ण दहन

घण्टाकर्ण चतुर्दशीका दिन नेवार समूदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसको पुजा गर्दै गठामुंगः पर्व मनाउने क्रममा भक्तपुरमा घण्टाकर्ण राक्षसको प्रतिकलाई नगर परिक्रमा पछि दहन गर्दै सर्वसाधारण । तस्बिर : लक्ष्मी गारु, भक्तपुर, ६ साउन । रासस

इलामको पर्यटकीय क्षेत्र कन्याम

इलामको सूर्योदय नगरपालिकाको कन्याममा अवस्थित चिया बगान । यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । तस्बिर : प्रकाश धौलाकोटी, तेह्रथुम, रासस

शाहीलेकमा पढ्दै बालबालिका

बैतडीको सदरमुकाममा रहेको विरेन्द्र मावि शाहीलेकमा कक्षा ३ मा पढ्दै बालबालिका । अहिले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून हुने गरेको छ । तस्बिर : रासस