डोरा लगाउँदै एक युवती

ललितपुरको बंगलामुखी मन्दिर परिसरमा बौद्धधर्म गुरुको हातबाट जनै डोरा लगाउँदै एक युवती । तस्बिर : प्रदीपराज वन्त,रासस

माछा राख्ने डिलिया

कञ्चनपुर जोनापुरका थारु समुदायका वृद्ध बाँसको माछा राख्ने डिलिया बुन्दै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस  

अवैध कपडा बरामद

सुनसरीको बर्जु गाउँपालिका १ बाट बरामद गरिएको अवैध दश लाख मूल्य बराबरको कपडा सार्वजनिक गर्दै प्रहरी । तस्बिर : अजितकुमार झा, इनरुवा, रासस

घाँस कपडामा बोकेर

कञ्चनपरको बेलौरी कलकत्ताका युवतीहरु खेतमा काटेको घाँस कपडामा बोकेर ल्याउँदै । तस्बिर :  रासस

नामावली दर्ता

जिल्ला निर्वाचन कार्यालय खोटाङमा फोटोसहितको मतदाता नामावली दर्ता गराउन लाईनमा बसेका सर्वसाधारण । मतदाता नामावली दर्ता साउन मसान्तसम्म गर्न सकिने छ । तस्बिर : रासस

धान खेतको मनोरम दृश्य

कञ्चनपरको शुक्लाफाँटा नगरपालिकाको उत्तरी चुरे क्षेत्रमा रहेको धान खेतको मनोरम दृश्य । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर

२७ किलोको माछा

शम्भु बादीले दाङको बबई नदीमा सोमबार जाल हानेर मारेको २७ किलोको ठेर प्रजातीको माछा । बषौैँदेखि माछा मार्दै आएका बादीले पहिलो पटक यति ठुलो माछा मारेको बताएका छन् । तस्बिरः बालाराम खड्का, दाङ, रासस

कृषकलाई बाख्रापालनमा अनुदान सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका बादुँकमा कृषकले पालेको बाख्रा । कालिगण्डकी करिडोरस्थित बेगखोलाका कृषक व्यवसायिक रुपमा भेडा र बाख्रापालमा सक्रिय भएपछि जिल्ला पशुसेवा कार्यालयले गोठ, चरनक्षेत्र सुधार लगायतको अनुदान सहयोग गरेको छ । तस्बिर : धु्रबसागर शर्मा,बेनी,म्याग्दी, रासस

अवरुद्ध सडक खुलाउने प्रयास

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा गुइँठेभिरबाट खसेको पहिरोले अवरुद्ध भएको सडक डोजरको सहायताले पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिँदै । तस्बिरः कमल खत्री, म्याग्दी,रासस