घरमै सुरक्षा भत्ता

  घरमै पुगेर स्थानीयलाई सामाजिक सुरक्षा भत्ता दिदै वडा सचिव भानुभक्त श्रेष्ठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा न. ६, साविकको लेलेप गाविसमा वडा सचिवले घरमै पुगेर भत्ता दिए पछि स्थानीय खुसी भएका छन् । तस्विर – सन्तोष पुर्कुटी

दसै आयो

झापाको वाह्रदशी गाउँपालिका डाँगीवारी बजारमा दसैंका लागि खसी किनबेच गरिदै । तस्विर : सुरेन्द्र भण्डारी

मकालु हिमालको मनोरम दृष्य

सखुवासभा जिल्लामा पर्ने मकालु हिमालको मनोरम दृष्य । ८४६३ मिटर उचाई भएको यो हिमाल विश्वको पाँर्चौ आग्लो हिमाल मध्य पर्दछ । तस्वीर : सुजन वज्राचार्य, संखुवासभा, रासस

खुल्लमखुल्ला अबैध पदार्थ बिक्री

ताप्लेजुङको फुङलिङ बजारमा लाग्ने हटियामा प्रतिबन्धित पदार्थ पनि खुल्लमखुल्ला बिक्री हुने गरेको पाइएको छ । यहाँको हटियामा सार्वजनिक ठाउँमा बिक्री वितरण गर्नको लागि प्रतिबन्धित  सुर्तीको व्यापार गर्दै स्थानीयवासी । सार्वजानिक स्थलमा सुर्तीजन्य बस्तुको बेचबिखनमा रोक लगाएपनि नियन्त्रण भएको छैन । तस्बिरः सन्तोष पुर्कुटी, ताप्लेजुङ

ताप्लेजुङ प्रहरी प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेत

भर्खरै सरुवा भएर ताप्लेजुङ आएका बस्नेत र यहाँका पत्रकारहरुबीच आईतबार विहान भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । फोटो : सन्तोष पुर्कुटी, पुर्वेली न्युज ।

पाठाहरुलाई दुध खुवाउँदै

हिमाली आयोजनाको अनुदान सहयोगमा डाफन नेपाल प्रा.ली.ले सञ्चालन गरेको दोलखाकै सबै भन्दा ठूलो डाफन नमूना ब्यवसायिक बङ्गुर फार्ममा रहेको बङ्गुर पाठाहरुलाई दुध खुवाउँदै । यस फार्ममा हाल विभिन्न जातीका ६२ वटा बÂङ्गुर रहेका छन् । तस्वीर : गोकर्णप्रसाद भण्डारी, दोलखा

दुर्लभ प्रजातीको कछुवा

शुक्लाफाँटा राष्टि्य निकुञ्जको अर्जुनी क्षेत्रमा शुक्रबार देखा परेको दुर्लभ प्रजातीको कछुवा । तस्वीर : राजेन्द्रप्रसाद पनेरु