ताप्लेजुङ प्रहरी प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेत

भर्खरै सरुवा भएर ताप्लेजुङ आएका बस्नेत र यहाँका पत्रकारहरुबीच आईतबार विहान भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । फोटो : सन्तोष पुर्कुटी, पुर्वेली न्युज ।

पाठाहरुलाई दुध खुवाउँदै

हिमाली आयोजनाको अनुदान सहयोगमा डाफन नेपाल प्रा.ली.ले सञ्चालन गरेको दोलखाकै सबै भन्दा ठूलो डाफन नमूना ब्यवसायिक बङ्गुर फार्ममा रहेको बङ्गुर पाठाहरुलाई दुध खुवाउँदै । यस फार्ममा हाल विभिन्न जातीका ६२ वटा बÂङ्गुर रहेका छन् । तस्वीर : गोकर्णप्रसाद भण्डारी, दोलखा

दुर्लभ प्रजातीको कछुवा

शुक्लाफाँटा राष्टि्य निकुञ्जको अर्जुनी क्षेत्रमा शुक्रबार देखा परेको दुर्लभ प्रजातीको कछुवा । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

दतिवन केलाउँदै ९९ वर्षीया वृद्धा

गोरखा नगरपालिका-६ दरबारमार्गकी ९९ बर्षिया यमकुमारी अर्याल शुक्रबार ऋषीपञ्चमीका लागि दतिवन केलाउँदै। तस्विरः प्रशन्‍न पोखरेल, गोरखा

तीजमा भगवान शिवको पूजा (तस्विर)

हरितालिका (तीज) का अवसरमा वीरगन्जको अलखिया मन्दिरमा बिहीबार भगवान शिवको पूजाआराधना गर्दै व्रतालु महिला । तस्बिर स् बिजयकुमार महतो, पर्सा

कपाल आतङ्क पश्चात साेसल मिडियामा भाइरल भएका यी तस्विरहरू

कपाल आतङ्क पश्चात साेसल मिडियामा भाइरल भएका यी तस्विरहरू याे पनि पढ्नुहाेस् मोरङमा समेत कपाल आतङ्क, यस्ताे रहेछ रहस्य यसले काट्दो रहेछ तराईका महिलाको कपाल, जनकपुरमा हेर्नेको भीड !

तस्विरमा माथिल्लो तामाकोशी

दोलखाको लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको बाँधस्थल । तस्बिर :  गोकर्णप्रसाद भण्डारी, दोलखा